Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, December 26, 2012

मंसिरमा मात्रै १६ महिलाको हत्या १६ दिने अभियानकै क्रममा १२ मारिए

१० पुस, काठमाडौं । महिला हकअधिकारको चर्चा बढी भएकै समयमा हिंसाको घटना बढेको पाइएको छ । अझ महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलेकै अवधिमा १२ जना महिलाको हत्या भएको महिला अधिकारका क्षेत्रमा कार्यरत् एक संस्थाले बताएको छ ।
महिला अधिकारको क्षेत्रमा कार्यरत संस्था ओरेक नेपालले अभिलेख गरेका तथा बिभिन्न सञ्चारमाध्यमबाट प्राप्त तथ्यांकका आकारमा मंसिर महिनामा ८८ जना महिलाहरुमाथि हिंसा भएको जनाएको छ । ओरेकका अनुसार मंसिरमा ४९ जना महिलामाथि घरेलु हिंसा भएको पाइएको छ । जसमा ३९ जना महिलाहरु आफ्नै श्रीमान्बाट हिंसामा परेका छन् भने १० महिला घरपरिवारका सदस्यबाटै हिंसा खप्न बाध्य भएका छन् ।
२७ जना महिलाहरुमाथि शारीरिक यातना, ५ जना महिलामाथि बहुविवाह गरी यातना दिइएका, ११ जना महिलामाथि मानसिक यातना,४ जना महिलालाई घरनिकाला गरिएको र २ महिलाले श्रीमान्को यातनाका कारण आत्महत्या गरेको घटना अभिलेखीकरण गरिएको छ ।
मंसिरमा भएका महिला हिंसाका घटना

No comments: