Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, December 30, 2012

भारत नेपालमा सहमतिको सरकार गठन भएको हेर्न इच्छुक


काठमाडौं, पुस १४ - राष्ट्रपति डाक्टर रामवरण यादवले भारत नेपालमा राष्ट्रिय सहमतिको सरकार गठन भएको हेर्न इच्छुक रहेको बताउनुभएको छ ।

पुस ९ गते २२ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत गएका राष्ट्रपति यादवले स्वदेश फर्केपछि अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग भारतको चाहना राष्ट्रिय सहमतिको सरकार भएको बताउनुभयो ।

भारतले नेपालमा शान्ति र संविधान होस् भन्ने चाहेको भन्दै राष्ट्रपति यादवले सबै मिलेर दललाई मिलाउनु पर्ने बताउनुभयो । भ्रमण सफल भएको र आफूले स्वास्थ्य परिक्षण पनि गराएको उहाँले जानकारी दिनुभयो । भारतमा रहँदा राष्ट्रपति यादवले भारतीय समकक्षी, प्रधानमन्त्री र बिभिन्न दलका शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको थियो ।

राष्ट्रपति यादवले बनारस हिन्दू विश्वविद्यालयबाट कानूनमा विद्यावारिधीको उपाधि समेत ग्रहण ग्रहण गरी दिल्ली गएका राष्ट्रपतिले भारतीय समकक्षी, प्रधानमन्त्री र दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो ।  

राष्ट्रपति स्वदेश फर्कने क्रममा विमानस्थलबाट राष्ट्रपति निवाससम्म सार्वजनिक गाडी चल्न रोक लगाएको थियो । राष्ट्रपतिलाइ स्वागत गर्न उपराष्ट्रपति, प्रधानमन्त्री लागयत  विशिष्ट व्यक्ति विमानस्थल जानुभएको थियो ।

No comments: