Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, December 30, 2012

आगो लगाएर श्रीमतीको हत्या प्रयास


दैलेख, पुस १४ - दैलेखमा एक श्रीमानले आगो लगाएर श्रीमतीको हत्या प्रयास गरेका छन् । नारायण नगरपालिका १ का कमारो वादीले सामान्य घरझगडाका कारण श्रीमती मनकला बादीलाई आगो लगाएर हत्या प्रयास गरेका हुन् ।

मनकलाले शुक्रवारराति आफूलाई आगो लगाएर हत्या प्रयास गरेको बताउनु भएको छ ।

घाइते मनकलाको गम्भीर अवस्थामा दैलेख अस्पतालमा उपचार भइरहेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरिक्षक माधव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले मनकलाको पाखुरा जलेको बताएको छ । कमारो वादीलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा अनुसन्धान भईरहेको जनाएको छ ।

यसअघि बारामा एक महिलाको अगोले जलाएर हत्या गरेको अवस्थामा शव फेला परेको थियो भने केही दिनअघि मात्र पेट्रोल छर्केर आगो लगाइ घाइते बनाइएकी बार्दियाकी  शिवा हास्मीको ज्यान गएको थियो ।

No comments: