काठमाडौं, पुस १५ - चिसो र माघे संक्रान्ति पर्व नजिकिदै गरेकाले कालीमाटी तरकारी बजारमा तरुलको कारोबार बढ्न थालेको छ । कारोबार बढेसंगै तरुल पनि बढी आउन थालेको छ ।
केहीदिनअघि ५०–६० टन तरुल भित्रने गरेकोका आइतवार विहान ८०- ८५ टन भित्रिएको व्यापारीहरुले बताएका छन् ।
माग अनुसारको तरुल आयात भएकाले यसको अभाव र भाउ नबढ्ने उनीहरुको भनाई छ । अहिले बजारमा सर्लाहीबाट तरुल आउने गरेको छ । माघे संक्रान्तिमा तरुल उसीनेर र पकाएर खाने चलन छ ।
जाडोमा तरुललाई गेडागुडीसित मिसाएर झोल बनाएर खान सकिने भएकाले पनि यसको कारोबार बढेको बिक्रेताले बताएका छन् । तरुल अहिले किलोको २८ देखि ३० रुपैँया थोक मूल्यमा कारोबार भईरहेको छ ।
No comments:
Post a Comment