Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, December 30, 2012

सहमतिको प्रधानमन्त्री चयन गर्न फेरि ५ दिनको समय थप


१५ पुस, काठमाडौं । सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपति डा. रामवरण यादवले थप ५ दिनको समय दिनु भएको छ ।
प्रमुख दलहरुले समय मागेपछि राष्ट्रपतिले पुस २० गते शुक्रबारसम्मको समय थप्नु भएको हो । ‘…. फेरि पनि थप समय माग गरेको हुँदा माग बमोजिम संवत् २०६९ साल पुस २० गते शुक्रबारका दिनसम्म राजनीतिक सहमति कायम गरी प्रधानमन्त्र चियन र मन्त्रिपरिष्द गठन गर्नका लागि समय थप गर्नु भएकाले यो विज्ञप्ती प्रकाशन गरिएको छ’ प्रवक्ता हरिकुमार श्रेष्ठद्धारा आइतबार जारी विज्ञप्तीमा उल्लेख छ ।
यसअघि एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुले राष्ट्रपतिलाई भेटेर दुई चरणमा पुस २५ सम्म म्याद थप्न आग्रह गरेका थिए ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री एवं मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भन्नुभयो -’हामीले २५ गते सम्ममा सहमति गर्छौं भनेका छौं । अब प्याकेजमै सहमति गर्ने भन्ने दलहरुको निष्कर्ष राष्ट्रपतिलाई सुनायौं, दलहरुले पहिले प्याकेजमा सहमति गर्ने, सहमतिको हलो सरकारका विषयमा अड्केकोले यसबारे पनि गम्भीर भएर छलफलमा जुट्ने जानकारी गराएका छौं ।’
राष्ट्रपतिले दलहरुले पटक-पटक थप गरिएको समयसीमाभित्र पनि निकासको कुनै पहल नगरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।
छलफलमा राष्ट्रपतिले दलहरुले सहमति गछौं भनेर गरेको प्रतिवद्धता प्रति शंका गर्नुपर्ने स्थिति आएकाले गम्भिर हुन आग्रह गर्नुभयो ।

No comments: