Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, December 30, 2012

दुवै हात नभएकी पाइलट अत्याधुनिक प्रविधियुक्त जहाजलाई नियन्त्रण

जेसिका कक्स, फिलिपिनो अमेरिकी युवती । जसका दुवै हात छैनन् । तर, उनी फिलिपिन्सको आकाशमा उडिरहेका अत्याधुनिक प्रविधियुक्त जहाजलाई नियन्त्रण गरिरहेकी हुन्छिन्, एक पाइलट बनेर । जन्मै दुवै हात नभएकी जेसिकालाई भगवान्ले दिमागी शक्ति र आफूलाई चिन्ने शक्ति भने यथेष्ट दिएका छन् । दुवै हात नभएकी पहिलो पाइलटका रूपमा उनले आफूलाई विश्वसामु चिनाएकी छिन् । ‘ऐनामा आफ्नो अपूर्ण शरीर हेर्दा अरूजस्तै दुवै हात भएको पूर्णव्यक्ति बन्न चाहन्थेँ,’ जेसिका आफूलाई चिन्न नसकेको बाल्यकाल सम्झँदै भन्छिन्, ‘हाइस्कुल पढ्दै जाँदा बिस्तारै आफूलाई चिन्न थालेँ, नभएका हातहरूको मोह घट्दै गयो ।’ अभिभावक र शिक्षकले ‘तिमी आफैँ पूर्ण छौँ’ भनेर दिएको उत्साहले उनको शारीरिक अपूर्णतालाई जित्यो । पढाइमा तेज जेसिकाले सन् २०११ को जुन महिनामा अमेरिकाबाट पाइलटको लाइसेन्स निकालेकी हुन् । उनी आफ्ना दुई खुट्टाले प्लेनको इन्जिन नियन्त्रण गर्छिन् । खुट्टाकै सहारामा लेख्ने काम पनि गर्दै आएकी छिन् । उनले हावामा उड्ने मात्रै होइन, सडकमा गुड्ने ड्राइभरको लाइसेन्ससमेत लिइसकेकी छिन् । त्यसमाथि तेक्वान्दोको ब्याल्कबेल्ट पनि हुन् । उनले खुट्टाकै साहरामा तेक्वान्दो खेलमा पनि अब्बल भएर देखाइन् । दुवै हात नभए पनि राम्रो नाच पनि देखाउन सक्छिन् जेसिका । दुई खुट्टाको सहारामा उनले पाँच हजार व्यक्तिसामु तेक्वान्दोकला प्रस्तुत गरिसकेकी छिन् । जेसिकाको जीवनका विभिन्न विधामा भएका सफलता हेर्दा लाग्छ– मानिसले आफूसँगका सीमित साधनलाई उपयोग गर्न सक्यो भने पनि आफूलाई अब्बल दर्जामा उभ्याउन सक्छ । आफूलाई स्वीकार गर्न सिक । भगवान्सँग इमानदार बन । आफूसँग भएका चुनौतीलाई स्वीकार गर्ने बानी बसाऊ । अरूलाई प्रोत्साहन गर्ने बानीको विकास गर, अझ विशेष गरी बालबालिकालाई प्रोत्साहन गर्न नबिर्स । अरूको मस्तिष्कमा डर भरिदिने अधिकार तिमीलाई छैन ।’ जीवनको मर्म नबुझ्ने मानिसलाई यी भनाइ खोक्रा लाग्न सक्छन् । तर, जीवनका कष्टकर यात्रा पार गर्दै सफलताको सिँढी चढ्न चाहनेका लागि भने महत्त्वपूर्ण कडी बन्न सक्छन् यिनै भनाइ । देख्दा अपांग तर कर्मले साङ््ग ठहरिएकी एक युवतीको जीवनले सफलताका लागि यस्तै बाटो सिकाउँछ । शारीरिक अपूर्णतालाई मनको शक्तिले जितेर धेरै क्षेत्रमा अब्बल मानिएकी जेसिकाले आफ्नो अपूर्व प्रतिभालाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत लेखाइसकेकी छिन् । पाइलटको औपचारिक लाइसेन्स पाएपछि उनले सन् २०११ जुन महिनामा नै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएकी हुन् । सोही समयमा एक समारोह गरी दाम्पत्य जीवनमा पनि बाँधिइन् । उनका पतिको नाम पाट्रिक चाम्बरलिन हो । जेसिकाको क्षमता र प्रतिभाबाट आकर्षित भएर चाम्बरलिनले उनीसँग बिहे गरेका हुन् । उनी जेसिकाका तेक्वान्दो प्रशिक्षक पनि हुन् । ‘उनी अनौठो प्रतिभा भएकी व्यक्ति हुन्,’ वैवाहिक समारोहमा पाट्रिकले भने, ‘जेसिकालाई जीवनयात्राको साथी पाएर मेरो जीवन पनि सफल भएको छ ।’ (एजेन्सीको सहयोगमा)

No comments: