Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, December 26, 2012

कतारमा लिम्बुहरूको चासोक तङनाम

विर्जहाङ तुम्रोक
 दोहा । ‘याक्थुङ संस्कृति हाम्रो पहिचान, संरक्षण सम्वर्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ कतारमा बिविध लिम्बु मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित चासोक तङनाम-२०६९ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ कतार र किरात प्रवासी राष्ट्रिय मञ्च कतारको संयुक्त आयोजनामा दोहा नेश्नलको ढाका रेष्टुरेण्ट सभा हलमा शनिवार एक भब्य समारोहकावीच किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष तथा चासोक तङनाम-२०६९ मुल समारोह समितिका संयोजक लोकेन्द्र कुमार तुम्रोकको सभापतित्वमा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा चुम्लुङका महासचिव विर्जहाङ तुम्रोक र किरात प्रवासी राष्ट्रिय मञ्च कतारका सचिव गोविन्द फियाकले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथी गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सचिव  टि.वी. कार्की, बिशेष अतिथी नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष  बिनेश तामाङ, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारका अध्यक्ष  अमृत गुरुङ, किरात प्रवासी राष्ट्रिय मञ्च कतारका अध्यक्ष तथा कार्यक्रम सहसंयोजक  विजय लाओती र किरात याक्थुङ चुम्लुङ कतारका प्रमुख सल्लाहकार  दिल किरण खजुम रहेका थिए ।
अतिथीहरुमा संघिय लिम्बुवान राज्य परिषद कतारका अध्यक्ष  नरेन्द्र एभेङ लिम्बु, नेपाल लोकतान्त्रिक मञ्च कतारका उपाध्यक्ष  चानक पोखरेल, नेपाली जनसम्पर्क समिती कतारका सभापति बिमल सुबेदी, कतार नेपाली एकता समाजका खिम बहादुर वुढा मगर, नेपाली जनप्रगतीशिल मञ्चका सदस्य जिवछ महतो, नेपाल प्रवासी मगर संघ कतारका अध्यक्ष  भीम तरामु मगर, किरात राई यायोक्खा शाखा, कतारका अध्यक्ष धिराज चाम्लीङ राई, तमु समाज कतारका अध्यक्ष  बिमल गुरुङ्ग, नेपाल प्रवासी तामाङ्ग समाज कतारका प्रथम उपाध्यक्ष कुमार मोक्तान, नेपाल प्रवासी भुजेल सेवा समाज, कतारका अध्यक्ष हेमेन्द्र खवास, प्रवासी सुनुवार सेवा समाज, कतारका अध्यक्ष  राम बहादुर सुनुवार, नेवा पुःच कतारका अध्यक्ष  राधेश्याम महर्जन, खस क्षेत्री सेवा समाज कतारका अध्यक्ष  हंसराज ढकाल, नेपाली महिला समाजका उपाध्यक्ष रोजिना वास्तोला, प्रवासी नेपाली मुस्लिम समाजका सल्लाहकार साकीर अली, मोरङ्ग सुनसरी सेवा समाज, कतारका अध्यक्ष  बिनोद भटराई, पाथीभरा सेवा समाज ताप्लेजुङका अध्यक्ष  लक्ष्मी गुरुङ, पा चथर सेवा समाजका अध्यक्ष  मन कुमार आङबो, खोटाङ्ग सेवा समाज, कतारका अध्यक्ष  किसन चन्द्र राई, गुल्मी सेवा समाज कतारका अध्यक्ष  भरत सापकोटा, पा चथर सेवा समाजका प्रमुख सल्लाहकार  छविरवण कटुवाल, अन्तराष्ट्रिय कलाकार संघ कतारका अध्यक्ष  डिएन मगर, नेपाली प्रवासी युवा सेवा समाज, कतारका अध्यक्ष छम परियार, किरात प्रवासी राष्ट्रिय मञ्च, कतारका सल्लाहकार अमर बहादुर सा वा लगायत बिभिन्न्सं घ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य मात्रमा उपस्थिती रहेको थियो ।
बिशेष अतिथी नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष बिनेश तामाङद्धारा ब्यानर अनावरण गरि उदघाटन गरिएको थियो । प्रमुख अतिथी  टि.वी.कार्की, विशेष अतिथी बिनेश तामाङ र  अमृत गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सचिव  टि.वी. कार्कीले लिम्बुहरुको परम्परागत बाजा च्याब्रुङ्ग बजाएर कार्यक्रमको औपचारिक रुपमा समुदघाटन गर्नु भएको थियो । उक्त अवसरमा लिम्वु परम्परागत विधी अनुसार कियाचु कतारका अध्यक्ष लोकेन्द्र कुमार तुम्रोकले प्रमुख अतिथी  टि.वी. कार्की,  बिनेश तामाङ र अमृत गुरुङको शीरमा पाघा बा धी दिएर संस्थाको तर्फवाट विशेष सत्कार प्रदान गर्नु भएको थियो ।
राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पछि किरात प्रवासी राष्ट्रिय मञ्च कतारका सह सचिव  मन कुमार योङहाङले स्वगत मन्तब्य गरेका थिए । भने लिम्वु सा स्कृतिक परिषद कतारका कलाकारहरुले “सेवारो याक्थुङवा केरेक आनीरो याक्थुङरे चासोक तङनाममो आदुमेरो” भन्ने लिम्बु भाषामा रचना गरिएको स्वागत गीतबाट अतिथी तथा आगन्तुकहरुलाई स्वागत गरेका थिए । चासोक तङनामको महत्व र विशेषता बारे कियाचु कतारका सदस्य  यतु कुमार सम्वाहाम्फे लिम्बुले प्रष्ट पारेका थिए ।
उक्त अवसरमा कियाचु कतारलाई बिभिन्न काल खण्डमा संस्थामा योगदान पुर्‍याउने सदस्यहरुलाई बिशेष अतिथी नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष  बिनेश तामाङको बाहुलीबाट कदर पत्र प्रदान गरिएको थियो । कदर पत्र पाई सम्मानित हुनेहरुमा क्रमश सुर्य बहादुर फोम्बो लिम्बु, मनराज आङबो लिम्बु, डम्वर लिवाङ लिम्वु, हरि भक्त जबेगु लिम्बु, नन्दराज लोवा लिम्बु, गुञ्जन माङलाक लिम्वु रहुनु भएको थियो । कियाचु कतारमा विभिन्न काल खण्डमा संस्थालाई विशेष सहयोग गर्ने समाजसेवीहरु  द्रोण बहादुर वस्नेत र  छवि रमण कटुवाललाई प्रमुख अतिथी  टि.वी.कार्कीको वाहुलीवाट सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
प्रमुख अतिथी गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सचिव  टि.वी.कार्कीले प्रवासमा रहेर पनि आफ्नो भाषा, लिपी र संस्कृति संरक्षण गर्ने जुन जमर्काे गर्नु भएको छ यो आफैंमा सह्रायिन कार्य हो भन्नु भयो । चासोक तङनाम अव कुनै समुदायको मात्र नभई राष्ट्रिय पर्व भएकोले सवैले मिलेर मनाउ नु पर्ने धारणा राख्दै सवैलाई शुभकामना दिनु भएको थियो । कार्यक्रममा कियाचु कतारका अध्यक्ष लोकेन्द्र कुमार तुम्रोक र प्रमुख सल्लाहकार दिल किरण खजुमले संयुक्त रुपमा किरात याक्थुङ चुम्लुङ कतारका ११ जना आजीवन सदस्यहरुलाई प्रमाण पत्र र परिचय पत्र वितरण गरेका थिए । उक्त आजीवन सदस्यहरुमा चण्डिलाल तुम्बाहाङफे लिम्बु, हिमनाथ लोरिङदेन लिम्बु, मन कुमार आङबो लिम्बु, नन्द बहादुर लोवा लिम्बु, पदम बहादुर लोवा लिम्बु , लक्ष्मी फियाक लिम्बु, ललित बहादुर तुम्बाहाङफे लिम्बु, देउमान लेछर्वो लिम्बु , प्रेम बहादुर लिबाङ्ग लिम्बु, टिका येङदेन लिम्बु र कृष्ण बहादुर बेघा लिम्बु रहेका छन । कियाचु कतारको आजीवन सदस्य स्वत कियाचु नेपालको हुने व्यवस्था भए अनुसार उक्त आजीवन सदस्य प्रमाण पत्र र परिचय पत्रमा कियाचु नेपालका अध्यक्ष  उत्तम सिंह थाङदेनद्धारा हस्ताक्षर गरिएको छ ।
कार्यक्रममा आदुमेरो आदाङ्गवासे चासोक तङनाममो र आनी फु-नुसा मा घा लाजेओ भन्ने गीतवाट लिम्वु सा स्कृतिक परिषद कतारका कलाकारहरु बिमल सिगु लिम्बु, अर्जुन माङलाक लिम्बु, मन कुमार लिम्बु, भुमिका राई, सरस्वती गुरुङको वेजोड प्रस्तुती रहेको थियो । अझ परम्परागत लिम्बु गीत हाक्पारे साम्लोमा दियो कलस सहित श्यामसुहाङ हुक्पाचोङबाङ लिम्बु र अम्बर सा वा लिम्बुले हाक्पारे साम्लो प्रस्तुत गर्दा त गाउ  घरको झलझली याद आएको अनुभुती हुन्थ्यो । अर्को खास मनारोञ्जन ९ जिल्लाका लिम्वुहरुको साथमा कियाचु कतारका सदस्य यतु कुमार सम्बाङफे लिम्बुको नेतृत्वमा लाईभ यालाङ्ग -धान नाच), र कलाकार गुञ्जन माङलाकको नेतृत्वमा के लाङ्ग -च्याब्रुङ्ग नाच) र माङ्गलाङ्ग -देव नाच) ले त झन आफ्नो गाउ वस्ती र चाडवाडको अनुभुती गराएको आभास हुन्थ्यो ।
कार्यक्रममा सहभागी हुने सम्पूर्ण कलाकार, स्वयम सेवक, जलपान व्यवस्थापन समितीका व्यक्तिहरुलाई प्रमुख अतिथीबाट प्रशंसा पत्र प्रदान गरिएको थियो । चासोक तङनाम समारोहमा उपस्थित किराती तथा गैर किराती सबैमा कार्यव|mमलाई सफल पार्न सहयोग पुर्‍याउनु भएकोमा आभार प्रकट गर्दै चासोक तङनाम २०६९ को शुभकामना सहित पुन आगामी बर्षमा पनि यसरी नै चासोक तङनाम मनाउ ने बाचाका साथ किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष  लोकेन्द्र कुमार तुम्रोकले कार्यक्रम समापन गर्नु भयो ।

No comments: