आर्मीका नवयुग र युद्धले ३ खेल गुमाउने
१६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले रानीपोखरी कर्नर टिम आरसीटीका ओलेडेपो ओलावलेलाई एक वर्षको प्रतिवन्ध लगाएको छ ।
१४ गते नेपाल आर्मीविरुद्धको खेलमा
रातोकार्ड पाएपछि उनले रेफ्रीलाई हात हालेका थिए भने आर्मीका खेलाडीलाई लात
हानेका थिए । ओलावलेले खेल नियम बिपरीत अनुशासनहीन कार्य गरेको रेफ्रीको
प्रतिवेदन र म्याचकमिश्नरको प्रतिवेदनका साथै भिडियो फुटेजबाट देखिन आएकोले
ए डिभिजन लीग फुटबल प्रतियोगिता नियमावली २०६९को नियम २० को देहाय (ङ)
बमोजिम एन्फाको आयोजनामा र स्वीकृतिमा हुने कुनै पनि फुटबल
प्रतियोगिताहरुमा आगामी एक बर्ष सम्म खेल खेल्न नपाउने गरी प्रतिवन्ध
लगाइएको एन्फाले जनाएको छ । उनी आरसीटीका भरपर्दा खेलाडी हुन् ।
यस्तै एन्फाले आरसीटीका खेलाडीलाई हात पात पर्ने आर्मीका नवयुग श्रेष्ठ र युद्ध शाहलाई ३ खेलको प्रतिवन्ध लगाएको छ ।
रेप|mीमाथि अपशव्दहरु प्रयोग गरी आरसीटीका
प्रशिक्षक मघु कार्कीलाई आगामी ३ खेलमा प्लेयर बक्स, प्लेयर ड्रेसिङ्ग
रुपमा आउन जान प्रतिबन्ध लगाएको छ भने टिम लिडर गेजलाल श्रेष्ठ, टिम
अफिशियल उत्तमलाल श्रेष्ठलाई २ खेलमा प्लेयर बक्स तथा ड्रेसिङ्ग रुममा जान
प्रतिवन्ध लगाइएको एन्फाले जनाएको छ ।
दुबै टिमका खेलाडी, प्रशिक्षक तथा
अफिशियले गरेको कार्य प्रतियोगिता नियमावली २०६९को नियम २० को देहाय (ङ)
बिपरीत रहेको भन्दै एन्फाले आरसीटीलाई २० हजार र आर्मीलाई १५ हजार रुपैयाँ
जरीवाना समेत गरेको छ ।
No comments:
Post a Comment