भाईराम चौलागाई
१२-जनवरी कुवैत सिटी । कुवेतविरुद्धको मैत्रीपूर्ण शृंखलाका लागि नेपाली राष्ट्रिय महिला टोलीले बुधबार एक हप्ते तयारी पूरा गरी सुक्रबार कुवेत आइपुगी सकेको छ। नेपाली महिला टोलीले आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको यो पहिलो पटक हो। कुवेतविरुद्ध नेपाली महिला टोली आमने-सामने हुन लागेको पनि पहिलो अवसर हो। फिफा विश्व महिला वरियतामा कुवेत १ सय ३१औं स्थानमा छ भने नेपाल १ सय ८औं स्थानमा छ। कुवेत फुटबल संघको अनुरोधमा गल्फ भ्रमण गर्न लागेको नेपाली महिला टोलीले दुई मैत्री खेलको शृंखला खेल्नेछ। पहिलो खेल आज Qadsia stadium हवालीमा हुनेछ। कुवेतविरुद्धको ऐतिहासिक मैत्री खेलमा नेपाली टोलीले नियमित कप्तान जमुना गुरुङको साथ भने पाउने छैन। टोलीकी मुख्य फरवार्ड जमुना एक महिनादेखि चोटका कारण खेल्न सकिरहेकी छैनन्। सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी २८ वर्षीया फरवार्डले गतमहिना धनगढीमा सम्पन्न पहिलो महिला लिगको पहिलो खेलमै घुँडामा चोट बोकेकी थिइन्। मैत्रीपूर्ण खेललाई जमुनासहित साफ च्याम्पियनसिप टोलीका सबै खेलाडी समावेश गरिए पनि उनलाई भने चिकित्सकले कम्तीमा तीन महिना नखेल्न सल्लाह दिएका छन्। उनले अहिले प्रशिक्षणमा सघाइरहेको प्रशिक्षक कुमार कटुवालले जानकारी गराए।टोलीका प्रशिक्षक कटुवालले चन्द्रा भण्डारीले जमुनाको स्थान लिनसक्ने बताए। 'चन्द्रा एक प्रतिभावान फरवार्ड हुन् र उनले जमुनाको अनुपस्थिति खट्किन नदिने विश्वास मलाई छ।
आज बेलुका ५ बजे हुन गइरहेको पहिलो खेल कुबेत स्थित Qadsia stadium (हवाली सुल्तान सेन्टर नजिकै) हुने भएको हुनाले सम्पूर्ण खेल प्रेमी कुबेत बासी नेपाली दाजु भाइ दिदी बहिनी हरु आफ्नो टिम को हौसला अनि राष्ट्को गौरब बडाउन खेल मैदान सम्म गएर आफ्नो टिम लाई समर्थन गरी जिताउनु हुन खाडी न्युज आग्रह गर्दछ।
No comments:
Post a Comment