Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, January 12, 2013

नेपाली जनप्रगतिशील मंच कुवेतको अधिवेशन २५ जनवरी


भाईराम चौलागाई 
२ जनवरी कुवैत सिटी।  नेपाली जनप्रगतिशील मंच कुवेतको बिशेष भेला हिजो ११ जनवरी कुवतको फिन्तास पार्कमा ब्यापक जनसहभागिताका साथ सम्पन्न भयो । मंचको अधिबेशन पूर्ब बसेको यस बिशेष भेलामा आगामी अधिवेसनलाई कसरी सफलता पूर्बक सम्पन्न गर्ने भन्ने सन्दर्भमा  छलफल भएको थियो । संस्थापक अध्यक्ष तथा अधिवेशन आयोजक समितिका संयोजक कुमार झापालीको अध्यक्षतामा बसेको  भेलामा सहभागी सदस्यहरुले आ आफ्ना विचार  ब्यक्त गरेका थिए। मंचको आगामी अधिवेशन यही २५ जनवरी ,२०१३ मा भब्यताकासाथ एमाओबादी केन्द्रीय सदस्यको उपस्थितिमा सम्पन्न हुन गईरहेकोले उक्त अधिवेशनलाई सफलरुपमा सम्पन्न गर्नको लागि सबैलाई कार्य बिभाजन गर्दै नयां जिम्मेवारी पनि तोकिएको छ । मुख्यरुपमा अधिवेशनको लागि आबश्यक पर्ने आर्थिक पक्षको लागि सबैले आ आफ्ननो तहबाट सहयोग र शुभेच्छुकहरु बाट चन्दा सहयोग जुटाउने निर्णयभएको छ । यस कार्यको लागि मचंले आ.पी. भटराई र चुणाराज भटराईलाई आर्थिक सहयोग संकलन गर्ने महत्वपूर्ण जिम्मेवारी तोकेको छ । 
संयोजक झापालीले मंचको आगामी अधिवेशनको कार्यदिशा र भावी योजनाका बारेमा बताउदै यस मंचप्रति सहयोग गर्न बिभिन्न संघ सस्था र अन्य न्यायप्रेमी समुदायहरु तयार रहेको उल्लेख गर्नुभयो । मंचको अधिवेशन आधिकारिक रुपमा संचालन गर्न हिजो नै मंचले आधिकारिक सदस्यता पत्र बितरण गरेको थियो । कुवेतमा कार्यरत सम्पुर्ण नेपालीहरुलाई समेटेर संगठन बिस्तार गर्दै प्रबासी नेपालीहरुको हक हितको लागि यो मंचले काम गरे अबश्य नै सफलताका साथ अगाडी बढ्न सकिने धारणा संयोजक झापालीले राखेका थिए
त्यसै गरि बैठकले कुवेतको माहौललाई आत्मसाथ गर्दै अधिवेशमा कम्युनिष्ट पार्टीको हंसिया हथौडा अंकित ब्यानरलाई नराख्ने पनि सर्बसहमतिले निर्णय भयको थियो  साथै मंचले कार्यक्रमलाई अझ आकर्षण तथा मनोरञ्जन बनाउनको लागि सास्कृतिक कार्यक्रम पनि गरिने कुरा सांगेतिक बिभाग प्रमुख बिष्णु सिटौलाले जानकारी गराउनु भएको थियो । यही कुवेतका स्थानिय कलाकारहरुलाई जमघट गराई कार्यक्रमलाई स्तरीय बनाउने तयारीमा जुटेको उहाले बताउनु भयो ।
अधिवेशनको तयारीको निमित्त ब्यापक रुपमा सक्रिय भइ लागिपरेका मंचका सदस्यहरुले अधिवेशन सफल पार्न कुनै कसर बांकी नराख्ने धारणा राखेका  थिए  । त्यस्तै कुवेतको आएको जम्मा ३ दिन भएपनि मंचको बिशेष बैठक स्थल खोज्दै मंचको संर्पकमा आउनु भएका ४ जना आस्थावान सदस्यहरुलाई उहाहरूको सक्रियतालाई कदर गर्दै निशुल्क सदस्यता बितरण गरिएको थियो ।
मंचको तयारी अझै नसकिएकोले आगामी शुक्रबार १८ जनवरीमा मंचका बिभागिय प्रमुखहरुको भेलाले स्थान, समय र ब्यबस्थापनको अन्तिम टुङ्गो लगाऊने निर्णय गरेको  थियो

No comments: