काठमाण्डौ माघ १०,फिल्म जगतका सेलिब्रेटीहरुका लागि अमेरिका भ्रमण अब ठूलो कुरा भएन किन कि अबको समय पहिलेको जस्तै पनि छैन । यध्यपी केही फिल्मकर्मीहरु भने अमेरिका पुगे पश्चात अझै नेपाल नफर्किने ट्रेन यथावत नै छ । तर विगतको तुलनामा अमेरिकामै हराउने सेलिब्रेटीको संख्या भने कम हुदै गएको चाहि पक्कै हो । यहि सिलसिलामा आज रेखा थापा पनि पहिलो पटक अमेरिका उड्न लागेकी छिन् । नमस्ते अमेरिका २ ले अमेरिकाका विभिन्न स्टेटमा आयोजना गर्ने १६ वटा कार्यक्रमका लागि रेखालाई छनौट गरेको हो जुन कार्यक्रमहरुमा रेखा आकर्षणको केन्द्र बन्न लागेकी हुन् । कार्यक्रममका सिलसिलामा उनी अमेरिका उड्ने बताईए पनि उनले गरेका केही तर्कहरुले उनी नेपाल फर्किने नफर्किने भन्ने प्रश्नहरु उब्जाई दिएको छ ।रेखाको अनुसार फेब्रुअरी ९ (माघ २७) सम्म उनी अमेरिका बस्ने छिन् त्यस पश्चात उनी फ्रेब्रुअरी १६ (फाल्गुन ५) मा फेरी अमेरिका फर्किने छिन् । उनी मलेसियाबाट नेपाल नआई किन अमेरिका फर्किदैछिन् त्यो भने खुलाईएको छैन । तर, अपरान्ह ३ बजे एयरपोर्ट परिसरमा फिल्मीखबरसंग कुरा गर्दा रेखाले फाल्गुन २० सम्म कुनै पनि हालतमा आफू नेपाल फर्किने दाबी गरेकी छिन् । मैले तीन वटा फिल्ममा साईन गरेको छु, एक ड्याडी (छवि ओझा) कै हो भने दुई बाहिरको त्यसैले जति सक्दो चाडो आउछु म', उनले प्रष्टाएकी छिन् । चलचित्र बिकास बोर्ड अध्यक्ष बन्ने बिषयमा समेत न्यूजको खुराक बनेकी रेखाले आफूलाई बोर्ड अध्यक्ष बन्नुपर्छ भन्ने बिषयमा ठूलो रहर नरहेको बताएकी छिन् । तर उनले फिल्म क्षेत्रका जो कोही महिलालाई बोर्ड अध्यक्ष बनाए आफूले पूर्ण समर्थन गर्ने बताएकी छिन् । यध्यपी अग्रज भन्दा पनि नयाँ जेनेरेशनलाई बोर्ड अध्यक्ष बनाए त्यो बढी लाभदायक हुने उनको तर्क छ । रेखा कलाकार संघका अध्यक्ष नवल खड्का जो पछिल्लो समय उनको कडा आलोचक हुन् उनकै नयाँ फिल्म निर्देशन गर्न लागेका हिमग्याप लामा (टाँसी) का साथ साँझ पाँच बजेको फ्लाईटबाट अमेरिका उड्दै छिन् ।
Wednesday, January 23, 2013
रेखा उडिन अमेरिका, भ्रमण रहष्यपूर्ण
अन्य सम्बन्धित सम्प्रेषणहरु(Other Related Posts): ,
,
- ‘सुन्दरी प्रतियोगिता’का विरोधका कारणहरू
- कसले पठायो सुनामी पीडितलार्इ सुनको र्इटा ?
- अन्तराष्र्टिय तस्करीमा संलग्नहरु कारागार चलान
- तलब नपाएकी चेली नियोगको शरणमा
- प्रबासले धानेको नेपाली गीत सङ्गीत
- रेखा उडिन अमेरिका, भ्रमण रहष्यपूर्ण
- जिन्दगीको गोरेटोमा ..raj aparichit jeewan
- भीमेश्वरमा पसिना आउँदा कहिले के भयो ? (फोटो फिचरसहित)
- दूतवासका कर्मचारी कुवेतमा पक्राउ
- नेपालमा ६ रेक्टर स्केलको भूकम्प
- छुट्टै एन आर एन गठनकालागि गोप्य बैठक, २५ देशमा अलग्गै गठन हुने
- प्रवासी नेपाली महिला संघ यु ए ई द्वारा तीजको उपलक्ष्यमा सास्कृतिक कार्यक्रम गरिने
- नेपाल भित्रिँदै विश्वपकप ट्रफी
- शुभकामना
- Eid Mubarak
- UAE XCHANGE CENTRE WLL, RAMADAN GOLD FIESTA PROMOTION – 2ND MONTHLY DRAW WINNERS
- नेपाली जनप्रगतिशिल मोर्चा कुवेतको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम भब्य रुपमा सम्पन्न
- "रमादान बिशेष अन्तर-नेपाली भलिवल प्रतियोगिता-२०१३" मा १२ टिमले प्रतिस्प्रधा गर्ने
- 'खिर' खाएर साउन १५ मनाईदै
- कुवेतमा उदारवादीको जित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment