Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, January 23, 2013

मध्यपुर रेलिगेशनमा परेपछि दशरथ रंगशालामा तनाव

काठमाडौं, माघ १० आईसबर्ग मध्युपर युथ एशोशियसन बी डिभिजनमा घटुवा भएको छ । ए डिभिजन लिगमा उक्लिएको पहिलो वर्षमै भक्तपुरे क्लब आइसबर्ग मध्यपुर रेलिगेशनमा परेको हो । आफ्नो अन्तिम खेलमा बुधवार यति हिमालयन शेर्पा क्लबसँग १–० ले पराजित भएपछि यस सिजनमा मध्यपुर बी डिभिजनमा घटुवा हुने तेस्रो तथा अन्तिम टोली बनेको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको बुधबारको पहिलो खेलमा हिमालयन शेर्पालाई जिताउन गणेश खड्काले खेलको ५२ औं मिनेटमा निर्णायक गोल गरे ।  यो नतिजापछि जाउलाखेललाई भने राहत भएको छ । मध्यपुरले हार ब्यहोरेपछि सामसुङ जावलाखेल युथ क्लब भने रेलिगेशनवाट जोगिएको छ । पुलिस विरुद्ध हुने आफ्नो अन्तिम खेल हारेपनि जावलाखेल अब रेलिगेशनमा पर्नेछैन । मध्यपुरले लिगका १५ खेलबाट जम्मा १३ अंक मात्रै जोड्न सक्यो । एक खेल कम खेलेको जावलाखेल १४ अंकका साथ रेलिगेशनबाट जोगिन संघर्षरत थियो । जावलाखेल पोखरामा जारी आहा रारा गोल्डकपमा पनि उद्घाटन खेलमा धरान एफसीलाई हराउँदै क्वार्टरफाईनलमा प्रवेश गरिसकेको छ । 
एनसेल कपमा उत्कृष्ट प्रदर्शन गरेको मध्यपुरले लिगको पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबसंग बराबरी खेल्दै लिगको उत्साहजनक सुरुवात गरे पनि त्यसलाई कायम राख्न सकेन । जीतपछि हिमालयन शेर्पा भने २२ अंकका साथ लिग तालिकाको ९ औँ स्थानमा उक्लिएको छ । यसअघि महिन्द्रा बाँसबारी क्लब र बौद्ध क्लब बी डिभिजनमा घटुवा भईसकेका छन् ।यसैबीच, रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै मध्यपुर युथ एशोसिएसनका पदाधिकारी र सर्मथकले रंगशालामै विरोध जनाउँदा स्थिति निकै तनावपूर्ण बनेको थियो ।  निराजन रायमाझी वान भर्सेज वानमा रहेको अवस्थामा हिमालयनका खेलाडीले लडाउँदा पनि रेफ्रीले पेनाल्टी नदिएको भन्दै उनीहरुले खेलको अन्त्यतिर रेफ्रीविरुद्ध नाराबाजी गरेका थिए । मध्यपुरका अफिसियलले निकै आक्रोशित हुँदै रंगशालामा मेच टेबल फाल्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन नै गर्नुपरेको थियो भने मध्यपुरका प्रशिक्षक उपेन्द्रमान सिंह समेत प्रहरीको नियन्त्रणमा रहनुपरेको थियो । एन्फाको अनुशासन समितिले यो घटनाको कस्तो निर्णय गर्छ भन्ने कौतुहलता पनि फूटबलप्रेमीहरुलाई परेको छ । 

No comments: