Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 22, 2013

नेपाल दलित संघको महाधिवेशन आगामी फागुन १९ देखि २१ सम्म झापामा हुने


काठमाडौं माघ ९ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघको चौथो राष्ट्रिय महाधिवेशन आगामी फागुन १९ देखि २१ गतेसम्म झापाको विर्तामोडमा हुने भएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले  महाधिवेशनले एक चौथाई जनसंख्या ओगटेको समग्र दलित समुदायको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक जीवनस्तरमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउन कोशेढुंगा सावित हुने दावी गर्यो । 
दलित समुदायको आर्थिक सामाजिक एवं साँस्कृति रुपान्तरणको आधार, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र पूर्वाधारको नारा अगाडि सारेर गर्न लागिएको चौथो महाधिवेशनले दलित समुदायको समाजिक न्याय, शैक्षिक गुणस्तर, वेरोजगार समस्या समाधान, जातीय छुवाछूत विरुद्धको अहिंसात्मक आन्दोलन लक्ष प्रमुख मुद्दा रहने संयोजक खड्गबहादुर बस्यालले जानकारी दिए ।
महाधिवेशन सम्पन्न गर्न संघका केन्द्रीय अध्यक्ष संयोजक रहने गरी ३०१ सदस्यीय महाधिवेशन मूल तयारी समिति गठन गरिएको छ । समितिमा नेपाल दलित संघका केन्द्रीय अध्यक्ष, संघका संस्थापक सदस्यहरुलगायत ९ वटा संघहरु समावेश छन् । उपसमितिमा नीति तथा कार्यक्रम मस्यौदा उप समिति र आर्थिक व्यवस्थापन उप समितिमाको संयोजकमा संयोजकमा खड्गबहादुर बस्याल,विवाद समाधान उप समितिमा कृष्णबहादुर रसाईली, आवास व्यवस्थापन उपसमितिको संयोजकमा मुक्तबहादुर महतेलगायत १५ उप संयोजक समितिहरु  चयन गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जीवन परियारले संघको महाधिवेशनले दलितहरुको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न जोड दिने बताए । संयोजक खड्गबहादुर बस्यालले भने सर्वसत्तावादी सरकारलाई सडकमा झार्न आन्दोलनको आँधिवेहरी ल्याउने कार्यक्रम ल्याउने दावी गरे ।   

No comments: