Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 15, 2013

कुवेतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल रद्द

खाडी न्युज 
 जनवरी कुवैत सिटी । नेपाली महिला राष्ट्रिय  टोली र कुवेत को महिला  राष्ट्रिय टोलि बीच आज हुने भनिएको दोस्रो मैत्रीपूर्ण खेल रद्द भएको छ । कुवेतको टिम ले खेलाडी घाइते भएको कारण देखाएर रद्द गरेको हो ।  यस-अघि पहिलो खेलमा नेपाल ८-० को भारि अन्तर ले बिजयी भएको थियो। कुवेत फुटबल एसोसियसनले एन्फा लाई पनि खेलाडी घाइते भएको कारण  खेल्ने नसक्ने बताई सकेको छ।पहिलो खेलमा नेपालको तर्फबाट खेल सुरु भएको पहिलो मिनेट(सृजना राना ),आठौ मिनेटमा(अनु लामा) प्रन्ध्रौ मिनेटमा (अनु लामा) ४१ मिनेटमा लक्ष्मी पौडेल ४४ मिनेटमा दिपा अधिकारी ६३मिनेटमा (अनु लामा) ६६मिनेटमा (अनु लामा) र ६९मिनेटमा चन्द्रा भण्डारीले गोल गरेका थिए। कुवैत विरुद्ध को दोस्रो खेल रद्द  भए  पछी नेपाली चेली हरु फुर्सदिला भएका छन् समयको सदुपयोग  गर्दै  कुवेतको प्रमुख ठाउको भ्रमण पनि गरेका छन्।हिजो नेपाली दुताबास कुवैतले आयजोना गरेको रात्री भोजमा   पनि  सरीक भएका थिए। नेपाली चेली १६ तारिक बुधबार नेपाल  फर्कने  छन। 

No comments: