Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, January 14, 2013

आफ्नो साँस्कृति र कलालाई फेसनको रुपमा लिनु हुन्न


इस्ट मान वाईबा /प्रदिप  नेपाली
 जनवरी कुवेत सिटि
गायन,अभिनय र विभिन्न कलामा पोख्त तथा सांगीतिक क्षेत्रमा प्रख्यात बहुमुखी प्रतिभाकी धनि शान्ति गुरुड. कुवेतमा स्थापित तमु समाज कुवेत को निम्तोलाई  स्बिकार्दै,गुरुड.समुदायको तमु ल्होछारको खुसि बढ्नका लागि र कुवेत मा रहेका दाजु भाई तथा दिदि बैनी हरुलाई मनोरन्जन दिनका लागि कुवेत अई आफ्नो कला गलालाई  प्रदर्शन गरि बिदा भैसक्नु भएको कुरा हामी सबैलाई अबगत नै छ ! सो अवसरमामा संबाददाता लामा भाई इस्ट मान वाईबा तथा सहयोगी प्रदिप  नेपालीले गरिएको  कुरा कनिमा उहाको भनाइ जस्ताको तस्तै।
  • तपाइको जन्म कहाँ  र कहिले भएको  ? 

मेरो जन्म २०४६सालमा पोखरामा भएको हो !

  • तपाइको बाल्यकाल कसरि बित्यो र घर परिवार बाट सांगीतिक क्षेत्रमा कतिको सहयोग पाउनु भयो ?

म सानै देखि कलामा अति सदभाब  राख्ने र गित संगीतलाई माया गर्थे ,सानै देखि मा गित गाउने नाच्ने जस्ता कार्यक्रम हरुमा अग्रसर हुन्थे ,सानै देखिको मेरो रुचिमा आमा बाबुले पनि अति नै सहयोग र साथ दिनु भयो त्यसै गरेर विधालयका हरेक प्रोग्राम देखि लिएर साँस्कृतिक मेल पर्ब आदिमा पनि भाग लिन्थे र सफल पनि हुन्थे, यसले गर्दा  आमाबाबुले  पनि हौसला प्रदान  गरिदिनु हुन्थो  यसले गर्दा म निरन्तर अगाडी बड्न सके।

  • बिबाह भएको छकि छैन ?सांगीतिक फाटमा  आएर केहि गुमाए, केहि पाए भन्ने केहि लाग्छ ?

मेरो बिबाह भाईसक्यो,र म  सांगीतिक फाटमा आएर मैले सोचे जति पुगेको छ,विभिन्न दर्शक श्रोतको माया पाएको छु, पैसा भन्ने कुरा कहिले कमाउन  सकिन्छ,कहिले सकिन्न म यसैमा सन्तुष्टि छु र भरिपुर्ण छ ! 

  • अहिले आएर चर्चामा आउनु भएको छ,यो कसैको प्रेरणा हो वा आफ्नै क्षेमताले अगाडी बढ्नु भएको हो

      म चर्चामा आउनुमा त म आफैलाई बढी विश्वास गर्छु यदि आफैमा प्रकृतिले कला र गला नदिएको भए कसरि हुन्थे होला र,तर पनि मेरा  गुरु हुनुहुन्छ,धान बहादुर गुरुड,उहाले मलाई यो अवस्था सम्म ल्याउनका लागि धेरै ठुलो भूमिका निर्वाह गर्नु भएको छ मा उहाको नाम नलिइ मेरो नाम लिन सक्दिन हरेक क्षेन  मेरो गला र कलालाई सम्मान गरी हौसलाह  उहाले र्दिनु भएको हो,त्यसैले सांगीतिक छेत्रको मुख्या प्रेरणाको स्रोत भनेको उहा धान बहादुर गुरुड. नै हुनुहुन्छ !

  • तपाइको पहिलो गित कुन हो र कति सालमा निकाल्नु भएको थियो ?

मेरो पहिलो गित सिक्लेसैको मेलैमा हो र मेरो यो सबै भन्दा हिट गित पनि,एहि गीतले गर्दा दर्शक श्रोतासामु परिचित हुन सके,र मैले यो गित २०१० मा निकालेको हो !

  • सांगीतिक क्षेत्रमा लागेर जिबिको पार्जन  सम्भब छ?कलाकारहरु कमौनको लागि स्टेज प्रोग्राम नै चाहिन्छ भन्छन नि यसमा तपाई के भन्नु हुन्छ ?
यसमा कुरामा म अलि फरक तर्क राख्छु बच्नुका लागि स्टेज प्रोग्राम नै चाहिन्छ भन्ने छैन आफुमा क्षेमताले छ भने विभिन्न किसिमका कामहरु गर्न सकिन्छ जस्तै :-रेष्टुरेन्टमा पनि काम गर्न सकिन्छ, सिडी भिसिडी निकालेर वा म्युजिक कलास हरुको व्यवस्था मिलाएर,इ आदि जस्ता धेरै कामहरु गर्न सकिन्छन।
  • अन्त्यमा सम्पूर्ण प्रबासी नेपाली दाजु भाई तथा दिदि बैनिहरुलाई के भन्न चाहन्नु हुन्छ ?    

अहिले आएर फेसनको रुपमा बिकृति फैलिएको छ,फेसनको नाममा आफ्नो साँस्कृति र परम्परालाई बिर्सेर विभिन्न बिदेसी फेसनमा हाम्रा दाजु भाई तथा दिदि बैनीहरु देखि सिकी रहेको देख्दा मलाई चिन्ता लाग्छ,हामीले आफ्नो रहनसहन,भेषभुष,साँस्कृति,परम्परा र धार्मिक मूल्य मान्यतालाई बिर्सिन्नु हुन्न,अन्तिममा मा के भन्छु भने'"आफ्नो साँस्क्रिति र कलालाई फेसनको रुपमा लिनु हुन्न !

        

No comments: