Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, January 13, 2013

कुवेतमा तमु ल्होछार भब्य रुपले सम्पन्न


इस्ट मान वाईबा (लामा भाई)
१३ जनवरी कुवेत सिटि। गुरुड.जातिहरुको महान पर्व तमु ल्होछार को अवसर पारेर  तमु समाज कुवेतले रमझम  तथा हर्स उल्लाशका साथ शुक्रबार आफ्नो ल्होछार पर्वालाई भाब्ये रूपले सम्पन्न गर्यो ,बिगत चार बर्ष देखी आफ्नो जातीय संस्कृति बोकेर अगाडी बढेको तमु समाज कुवेतले आफ्नो परम्परालाई आंगाल्दै बिभिन्न गुरुड. जातीको पहिरण रितिरिवाज र परम्परालाई समेत दर्सक सामू प्रदर्शन गरेको थियो।
कार्यक्रममा दर्शकको उपस्थितिको लागी निशुल्क थियो भने  गुरुड जातिको खानाको परिकारले झनै दर्सकमाझ ऊत्साहा फाईलाएको थियो,यस कारण पनि दर्शकको उपस्थिती पनि भब्य रुपमा रहेको थियो। शास्त्र हराए परम्परा हराउछ, परम्परा हराए साँस्कृतिक हराउछ र सँस्कृति पनि हराए अस्तित्व नै हराउछ”भन्ने हेतुका साथ मनाएको  कार्यक्रममा प्रमुख अतिथिका रुपमा  कुवेतका लागि नेपाली राजदूत मधुवन प्रसाद पौडेलले दियो प्रज्वलन गारी कार्यक्रामको बिधिगत रुपमा उत्घाटन गर्नु भएको थियो। खोप गुरूडको अध्यक्षमा  सम्पन्न कार्यक्रममा उपाअध्यक्ष नबिन गुरुड.ले स्वागत मन्तब्य दिनुभयको थियो।कार्यक्रमकॊ प्रमुख आकर्षण अतिथी कलाकार गायिका  शान्ति गुरुड. हुनुहुन्थ्यो, अभ्यास अफ नामको कार्यक्रम बाट चर्चामा आउन सफल शान्ति गुरुडले  कार्यक्रममा तमु जातिको मौलिक भेषभुशा र जातीय महत्व झाल्काउने पहिरानमा धेरै भन्दा धरै प्रस्तुतीले दर्शकहरुलाई मनोरन्जन दिएकी थिइन।कुवेतको फिन्तास विडीड. हलमा  आयोजना गरिएको कार्यक्रममा तमु समाज कुवेतका  बरिस्ठ  सल्लाकार मन बहादुर गुरुडले बिधिपुर्बक स्याई स्याई गरेर रिपा लगाएका थिए त्यस्तै मायाको चिनो ढाका टोपी बोकेर आएकी शान्ती गुरुङले तमु समाज कुवेतका अध्यक्ष देखी सहयोगी अनी सल्लाहाकारहरुलाई  स्टेजमा बोलाएर नेपाली ढाका टोपी  लगाईदिएकी थिईन। नेपाली राजदूत मधुवन प्रसद पौडेल, दितीय सचिब पुष्पराज भट्टराई,श्रम सहचारी  सिर्जना तिवारी, लगाएत कुवेतका सक्रिय रुपमा बिभिन्न संघ-सांस्थाका प्रातिनिधि , समाजसेबी बुद्धिजीबी, पत्रकार आदिको समेत उपस्थिति रहेको थियो।।त्यस्तै गुरुङ जातिको पोषाक लगाई कार्यक्रममा उपस्थित हुने उत्किष्ट ३ जना महिला र ३ जना पुरुषलाई सम्मान स्वरुप पुस्कार प्रदान गरिएको थियो ।स्थानीय  चर्चित कलाकार दोर्ण गुरुड.कबिता गुरुड. र अरु थुप्रै  कलाकारको पनि  प्रस्तुति रहेको थियो कार्यक्रममा तमु समाज कुवेतका दुई दर्जन कलाकारहरुले ग्रुप निर्त्यको साथमा युगल निर्त्य प्रस्तुत गरेका थिए।  लालीगुरास सांस्कृतिक परिवारका कलाकारको बेजोड़ प्रस्तुतिले झनाइ दर्शकमा हौसला र मनोरन्जन प्रादान गरेको देख्ना पहिन्थ्यो! र  कार्यक्रममा तमु समाज कुवेतलाई बिभिन्न ब्यक्तित्वबाट सहयोग प्राप्त भएको जानकारी उद्घघोषकबाट गराईएको थियो, भने कलाकार शान्ती गुरुङलाई तमु समाज कुवेतले मायाको चिनो प्रदान गरेको थियो।







No comments: