Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, January 18, 2013

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर थ्रीस्टार क्लबले ६ अंकको अग्रता कायम गरेको छ

५ माघ, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर थ्रीस्टार क्लबले ६ अंकको अग्रता कायम गरेको छ । शुक्रबार भएको खेलमा संकटालाई ३-० ले पराजित गरेको थ्रीस्टारको १४ खेलबाट ३२ अंक भएको छ । दोस्रो स्थानमा रहेको आरसीटीको समान खेलबाट २६ अंक छ भने एक खेल कम खेलेको मच्छिन्द्र २६ अंकका साथ तेस्रो स्थानमा छ । हारपछि संकटाको सुपर लिग प्रवेशको स्म्भावना सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले थ्रीस्टारलाई पहिलो हापसम्म रोकेको थियो । पहिलो हापमा थ्रीस्टारका सन्तोष साहुखलले केही राम्रा मौका चुकाउँदा थ्रीस्टारले गोलरहित बराबरी खेल्यो । तर, दोस्रो हापको ५८ औं मिनेटमा सन्तोषले गोल गर्दै थ्रीस्टारलाई १-० को अग्रता दिलाए । ८३ औं मिनेटमा फेमीले गोल गर्दै अग्रता दोब्बर पारे भने अन्त्यमा विजय गुरुङले गोल गर्दै थ्रीस्टारलाई ३-० को जित दिलाए । मध्यपुरको सम्भावना कायमै अर्को खेलमा मध्यपुर युथ एशोसिएसनले जाउलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ । मध्यपुरको जितमा डेभिसले खेलको ८७ औँ मिनेटमा निर्णायक गोल गरे । जितसंगै १४ खेलबाट १३ अंक जोडको मध्यपुरको ए डिभिजनमै रहने सम्भावना कायमै छ । १५ औँ चरणको खेलमा मध्यपुरले अब हिमालयन शेर्पाको सामना गर्ने छ भने १४ अंक जोडेकेा जाउलाखेलले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिसको सामना गर्नेछ । मध्यपुरले हिमालयन शेर्पालाई पराजित गरेको अवस्थामा ए डिभिजनमै रहन जाउलाखेललाई स्पष्ट जितको नजिता निकाल्नु पर्नेछ । यदि जाउलाखेल पुलिससंग पराजित भएमा भने ए डिभिजन लिगमै रहन मध्यपुरलाई बराबरी भए पुग्छ ।

No comments: