Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 1, 2013

मृत्युदण्डअघि दाजुको प्राण खोज्दै बहिनी मलेसियामा


रामचन्द्र नेपाल
१७ पुस, क्वालालम्पुर । लागु पदार्थ कारोबारमा संलग्न भएको अभियोगमा मलेसियामा मृत्युदण्डको सजाय सुनाईएका नुवाकोटका हरिवहादुर घलेकी वहिनी यतिखेर दाजुको मुख हेर्न मलेसिया पुगेकी छिन् ।रोजगारीका लागि मलेसिया पुगेका घले नेपाल र्फकने क्रममा ९ बर्षअघि पक्राउ परेका थिए । त्यसयता जेलमा बसेर मुद्दा लडिरहेका घलेलाई केही बर्षअघि मलेसियाको सर्वोच्च अदालतले मृत्युदण्ड सुनाएको थियो ।
घलेलाई बचाउन गरिएका सवै प्रयत्न असफल भएपछि निरास भएका परिवारका सदस्यहरु भावबिहल अबस्थामा छन् । मृत्युदण्ड नै दिने सम्भावना बढि रहेको अबस्थामा बहिनी सरला घले यतिखेर क्वालालम्पुरमा दाजुलाई भेट्ने याचना गर्दै हिडीरहेकी छिन् ।सोमवार उनले नेपाली दुतावास क्वालालम्पुरमा दाजुलाई भेटाईदिन अनुरोध गर्दै निवेदन दिएकी छिन् । निवेदन लिएपछि मलेसियाका लागि कार्यवाहक राजदुत लेखनाथ भटटराईले आफुले भेटघाटको लागि तत्काल पहल गर्ने बताउँदै सरलालाई सन्त्वना दिनुभयो ।
लागुपदार्थ तस्करीको अभियोगमा सन् २००३ मे ३० तारिखका दिन हरि घले क्वालालम्पुरको एक होटलवाट पक्राउ परेका थिए । करीव ९ वर्ष पछाडि घलेलाई असोज १० गते मलेसियाको सर्वाैच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।मृत्यु दण्डको फैसला सुनाएपछि जीवन रक्षा गरिदिन नेपाल सरकारले मलेसिया सरकारलाई पत्र पठाईसकेको छ । प्रधानमन्त्री डा.वावुराम भट्टराईले मलेसियाली समकक्षी मोहम्मद नाजीअव्दुल रजकलाई पत्र लेखेर सजायँ माफ गरिदिन आग्रह गरेपनि अहिलेसम्म मलेसियाले त्यसको जवाफ फर्काएको छैन् ।
त्यसअघि नेपाली दूतावासले लामो समयसम्म वकिल राखेर घलेको पक्षमा मुद्दा लडेको थियो । सन् २०११ मा पनि दूतावासले ३९ हजार रिंगेट सहयोग संकलन गरेरै मुद्दा लड्न वकिल नियुक्त गरेको थियो । तर मलेसियाका सवैजसो अदालतले उनलाई मृत्युदण्डको फैसला हुने सजायँ सुनाएपछि अब घलेलाई बचाउन कठिन भएको छ । सजायँ माफीको अन्तिम प्रयासको पनि जवाफ आउन सकेको छैन् ।
भताभुंग परिवार
घले प्रक्रमउ परेको खवर सुनेर चिन्तित वनेका उनका बाबुको केहि समयपछि नै ज्यान गएको थियो । छोराकै बाटो हेर्दाहेर्दै आमाले पनि प्राण त्यागिन भने अर्की बहिनीको पनि मृत्यु भयो । बिहे गरेर मलेसिया पुगेका घले पक्राउ परेको खवर सुनेपछि श्रीमती पनि सानी छोरीलाई छाडेर अर्कैसँग बिहे गरेर गइन् । अहिले उनकी १३ बषिर्य छोरी झरना त्रिसुलीस्थित मावलीको शरणमा छिन् । अहिले घलेको परिवारमा ८६ वषिर्य हजुर वुवाधनवहादुर घले गाउमै छन । हजुरआमा आशामाया घले, भाई टेकवहादुर घले, भाईवुहारी सन्जु घले काठमाण्डौमा वस्दै आएका छन ।

No comments: