Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 1, 2013

बाख्रा चराउन गएकी युवती बलात्कृत


१७ पुस, लहान । सिरहाकी एक युवती बाख्रा चराउन गएको समयमा बलात्कृत भएकी छन् ।

वडा प्रहरी कार्यालय लहानका अनुसार सोमबार दिउँसो घरबाट बाख्रा चराउन गएकी युवतीलाई गाउँकै दुई युवकले बलात्कार गरेका हुन् । प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले बलात्कारी फरार भएकाले मातहतको इलाका प्रहरी कार्यालय धनगढीलाई समेत परिचालन गरी खोजी भइरहेको जानकारी दिनुभयो ।

बलात्कृत युवतीलाई अभिाभावकको जाहेरी दर्तापछि राति १० बजेतिर वडा प्रहरी कार्यालय लहान झिकाएर आज बिहान स्वास्थ्य परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल लगिएको प्रहरी निरीक्षक खतिवडाले उल्लेख गर्नुभयो । रासस

No comments: