
१८ पुस, काठमाण्डौ । नेपालमा सुरक्षा भएन भन्दै थाइल्याण्डमा वस्दै आएका पूर्व युवराज पारश शाहले नेपालमा अब राजतन्त्रै चाहिन्छ भन्ने पक्षमा आफु नरहेको बताएका छन् । थाइल्याण्डमा पनि भारतीय मूलका मान्छेले पछ्याएको र आफुमाथि खतरा रहेको भन्दै नेपालीहरुको रेखदेखमा एक अर्पाटमेन्टमा रहँदै आएका पारशले आफ्नो ४१ औं जन्मदिनका अबसरमा यस्तो कुरा बताएका छन् । सिमित नेपालीहरुका बिचमा जन्मदिन मनाएका पारशले नेपालको राजनीतिक अबस्थाप्रति टिप्पणी गर्दै भने- नेपाल अहिले बेथितीतर्फ गएको छ । त्यसकारण मैले तत्कालै सर्वमान्य नेतृत्वको आबश्यकता महसुस गरेको छु । मुलुकलाई अहिले राष्ट्रभक्त र राष्ट्रबादी नेतृत्वको आबश्यकता छ, तर राजतन्त्र चाहिन्छ भन्ने चाहिं हैन । त्यो नसोच्नुहोला ।’ पूर्वयुवराज पारस शाहले नेपाल छाडेको लामो समयपछि आफुले नेपाल छाड्नुको कारण र थाइल्याण्डमा बस्नुको रहस्य खोलेका छन् । थाइल्याण्डमा राजतन्त्र रहेका कारण यहाँ सुरक्षित हुने ठानी आफु यहाँ बस्न थालेको भन्दै उनले थाइल्याण्ड बसाईलाई निरन्तरता दिने बताएको नेपाल समाचारपत्र दैनिकले छापेको छ । ‘नेपालको बसाई मेरा लागि त्यति सुरक्षित छैन, थाइल्याण्ड राजतन्त्र जीवित रहेको देश भएका कारण यहाँको बसाइलाई निरन्तरता दिएको हुँ’ पारसले भने । गत आइतबार ४१ औ जन्मोत्सव मनाउनेक्रममा पारसले राजतन्त्र खोज्दै आफु थाइल्याण्ड पुगेको बताएका हुन् । थाइल्याण्डमा तपाइमाथि गैरकानुनी काम गरेको आरोप छ नी भन्ने प्रश्नमा पारशले भने- त्यो सवै सुनियोजित षडयन्त्र हो । मलाई लगाइएको आरोप सामान्य आरोपमात्र हो, तर म चिनेजानेको मान्छे भएकाले जटिल बनाइएको मात्र हो ।’
No comments:
Post a Comment