भाईराम चौलागाई
१९ जनवरी कुवैत सिटी
प्रवासी मेचि महाकाली एकता समुह कुवेतले हिजो शुक्रबार आफ्नो पहिलो बार्षिक उत्सवको अबसरमा फूटबल प्रतियोगिता सम्पन्न गरेको छ।महाबुल्ला स्थित लतिफा टावर अगाडिको मैदानमा बिहानै देखि सम्पन्न प्रतियोगितामा पहिलो चरणको खेलमा आयोजक युनिकनेपाल विरुद्ध स्विडिस नेपाल र नेपाल फुटबल क्लव विरुद्ध के.पि.टि.सि नेसनल खराबी विरुद्ध अल्घानिम र प्रबासी नेपाल विरुद्ध द टाइगर टिम बीच प्रतिस्पधा भएको थियो। जसमा आयजोक युनिक नेपाल १ गोलका को विरुद्ध २ गोलले विजय भएको थियो दोस्रो खेलमा नेशनल खराफी ५गोलका को विरुद्ध ६ गोलले विजय भएको थियो तेश्रो खेलमा के. पी. टी. सी ० गोलका को विरुद्ध १ गोलले विजय भएको थियो यस्तै पहिलो चरणको अन्तिम खेलमा प्रवासी नेपालले १ गोलका को विरुद्ध २ गोलले विजय भएको थियो।
सेमिफाईनलमा के. पी. टी. सी. विरुद्ध युनिक नेपाल र अल्घानिम विरुद्ध प्रबासी नेपाल बीच प्रतिस्पधा भएको थियो। सेमिफाइनल को पहिलो प्रतिस्पर्धत्मक खेलमा के. पी. टी. सी ले ० का बिरुद्ध १ गोल ले बिजय पाएको थियो भने सेमिफाइनल को दोश्रो खेलमा प्रबासी नेपालले ३ का बिरुद्ध ४गोल गर्दै फाइनल मा प्रवेश गरेको थियो। समय अभाब का कारण फाइनल खेल हुन नसक्ने हुदा फाइनलमा पुगेको दुवै टोलीको सहमतिमा टस को माध्याम बाट बिजेता घोषणा गरिएको थियो टसमा प्रबासी नेपाल भाग्यमानी हुदै बिजेता बनेको थियो। दुर्गा ढुंगेलको अध्यक्षतामा सम्पन्न पर्तियोगितामा प्रमुख अतिथि एन आर एन कुवेतका अध्यक्ष राजेन्द्र तामांग र बिशेस अथिति नेपाली दुताबास कुवैतका कर्मचारी भूबन पौडेल रहनु भएको थियो। लुलु एक्सचेन्जले प्रायोजन गरेको कार्यक्रममा बिजेता र उपविजेता टोलीलाई कप खसी प्रदान गरिएको थियो। दिउसो चार बजे सम्पन्न भएको खेलमा नेपाली संघ संस्थाका प्रतिनिधि ,बुदिजिबि समाजसेबी, स्थानीय पत्रकार र खेल प्रेमी दर्सकको बाक्लो उपस्थिति रहेको थियो।
No comments:
Post a Comment