(लामा भाई) इस्ट मन वाईबा
१९ जनवरी कुवैत सिटी। बिगत ५ वर्ष देखी आफ्नो जातीको भेषभुषा,भाषा,रितिरिवाजको जगेर्ना गर्न तल्लिन नेपाल तामाड.घेदुड.कुवेत आगामी मञ्जुश्री संवत २८४९औ डुल ल्हो (सर्प)बर्षको ल्होछार कार्यक्रमको लागि नेपाल तामाड.सांस्कृतिक घेदुड. कुवेतका कलाकार हरु जोडतोडले लागि परेका छन् |फेब्रुअरी १ मा कुवेत नगरी जिलिब स्थित इन्डीयन इण्डिग्रेड स्कुलमा नेपाल तामाड.घेदुड.कुवेतको आयोजनामा गर्न लागिएको ल्होछार सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित एंव ख्याती प्राप्त गायक रोज मोक्तान र ख्याती प्राप्त एंव चर्चित हास्य कलाकार तक्मे बुडा (विल्सन बिक्रम राई)प्रमुख आकर्षण हुनेछ भने अतिथि कलाकार हरुलाई साथ दिनको लागि नेपाल तामाड. घेदुडका स्थानीय कलाकारहरु बिगत ५ हप्ता देखी रियल्सन्मा लागि परेका छन् |फेब्रुअरी १ नजिकिदै गर्दा कलाकारहरु निकै हौसिएर तयारीमा लागि परेको नेपाल तामाड.घेदुडका नृत्य प्रशिक्षक दोय अशोक लामा र डुप्चन तामाडले खाडी न्युजलाई जानकारी दिएका छन् नृत्य प्रशिक्षकले दिएको जानकारी अनुसार रियाल्सनमा कुवेतका लागि चर्चित नित्य कलाकार मन्दी प्रधान,बबिता लामा,दिलु बोम्जन,मनोज लामा,रामकाजी लगायतका नेपाल तामाड.साँस्कृतिक घेदुड.का कलाकार हरु समाबेश रहेका छन् भने नेपाल तामाड.घेदुड.कुवेतका प्रबक्त एंव कार्यक्रम संचालक सुरेश ग्याबग र नेपाल तामाड.घेदुड.का डिजाईनर पुष्प वाईबाले पनि सहयोग गरिरहेका छन् |
कुवेत नगरीको हवाली स्थित नेपाल तामाड.घेदुड.कुवेतका कलाकार संयोजक अर्जुन तामाडको निबासमा भैरहेको कलाकारहरुको रियल्सनमा करिब करिब अन्तिम चरणमा पुगेको छ।बिगतमा नेपाल देखी गायक कलाकार हरु कुवेतमा ल्येई साँस्कृतिक कार्यक्रम गरिरहेका घेदुडले यसपाली को ल्होछार मा पृथक ढंगको साँस्कृतिक कार्यक्रम रहने कुरा नेपाल तामाड.घेदुड.कुवेतका कलाकार संयोजक एंव कुवेतका लागि चर्चित लोक गायक डिबी लोप्चन ले खाडी न्युजलाई जानकारी गराएका छन् |नेपाल तामाड.घेदुड.कुवेतले ल्होछारमा तामाड.संस्कृति झल्कने नित्य र गित पनि प्रस्तुत गर्ने भएका छन् |गित गाउनको लागि लोप्चनको साथमा सेलो गायक सुरेश ग्याबग तामाड.,म्हेन्दोमाया गायक पुष्प वाईबा, पप गायक अशोक लामा, रेशम लामा, दोर्जे तामाड.लगायतका कलाकार हरु आफ्नो तयारी अन्तिम अन्तिम चरणमा पुगेको जानकारी लोप्चनले खाडी न्युजलाई गराएका छन् र साथै फेब्रुअरी १मा हुन् गइरहेको कार्यक्रममा सहभागी हुनको लागि नेपाल तामाड. घेदुडले सम्पूर्ण कुवेत प्रबासी तामाड.तथा सम्पूर्ण नेपालीहरुलाई हार्दिक निमन्त्रण गरेको छ।
No comments:
Post a Comment