Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, January 19, 2013

कुवेतमा अन्तर नेपाली भलिबल प्रतियोगिता सम्पन्न

भईराम चौलागाई 
कुवैत सिटी १ जनवरी।  मगर संघ कुबेत शाखाले माघे सङ्क्रान्तिको अवसर पारेर आयोजना गरेको अन्तर नेपाली भलिबल प्रतियोगिता हिजो S.D.F.C. खेल मैदानजलिब अल-सुवैखकुवेतमा सम्पन्न भएको छ।प्रतियोगितामा ९ टोली कलिगण्डकी युवा समाज,मगर संघ टिम, नेसनल खराफी, एस डि एफ सि ,अल्घानिम ,स्विडिस ,चालक भलाई कोश,तमु प्ये ल्यु संघ र नव प्रतिभा युवा क्लब सहभागी थिए। नव प्रतिभा युवा क्लबले बाई पाएर सिधै दोश्रो चरणमा प्रवेश गरेको थियो। दोश्रो चरणको खेलमा नव प्रतिभा लाई पाखा लगाउदै अल्घनिम सेमिफाइनलमा प्रवेश गरेको थियो।पहिलो सेमिफाइनलमा एस डि एफ सि र तमु प्ये ल्यु संघ बीच भएको थियो। एस् डि एफ सिले तमु प्ये ल्यु संघ लाई २५-१७ र २५-१६ स्कोरले हराएको थियो।भने दोश्रो सेमिफाइनलमा अल्घनिम र कालिगण्डकी बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा पहिलो सेटमा अल्घनिम २५-२३ले ले बिजयी भयो दोश्रो सेटमा सानदार प्रदर्शन गर्दै कलिगण्डकी युवा समाज ले  २५-२२ले बिजयी पायो तेश्रो सेटमा  दुवै टिम बाट उत्कृस्ट भए पनि अल्घानिमले  २५-२१ नतिजा निकाल्दै फाइनलमा प्रवेश गरेको थियो। फाइनलमा एस डि एफ सि र अल्घानिम बीच भएको प्रतिस्पर्धामा एकतर्फी २५-१४ र २५-१९ को स्कोर निकाल्दै एस डि एफ सि ले उपाधिमा कब्जा जमाएको थियो। बिजेता र उपविजेता  टोलीलाई कप ,खसी,मेडल,प्रमाण पत्र प्रदान गरिएको थियो। यस्तै अनुशासीत टोलीमा तमु प्ये ल्यु संघ टिम ,उत्कृस्ट  सटरमा  सटर अच्युत गुरुङ (एस् डि एफ सि) पर्न सफल भएका थिए। मित्र सिन्जालीको अधक्षय्तामा सम्पन्न कार्यक्रम,यु ए इ एक्सचेन्ज कुवैत  ( आई एम ई नेपाल ) ले प्रयोजन गरेको  थियो।कार्यक्रममा नेपाली दुताबास परिवार कुवेतका नेपाली संघ संस्थाका प्रतिनिधि बुद्दिजिवी,समाजसेवी,स्थानीय पत्रकार खेल प्रेमी दर्सक हरुको बाक्लो उपस्थिति रहेको थियो।आयजोक मगर संघ कुबेतले माघे सङ्क्रान्ति महत्व राखने बिशेस भोजन को पनि व्यवस्था गरेको थियो।








No comments: