निमकान्त पाण्डे,
युएई १९ जनवरी । अबुधाबी तावासुल ट्यक्शी कम्पनिमा कार्यरत ट्याक्सी चालक श्री राम थिङ्ग को अबस्था देख्दा जो कोहि नेपालीको मन छुने थियो। २१ डिसेम्बरका दिन अबुधाबी स्थित सलाम स्ट्रेडमा रातको १ बजे तिर दुर्घटना हुनपुगेका थिङग् ले दुई दिन सम्म त संसारमा छन् या छैनन जस्तो बेहोस अबस्थामा खालिफा हस्पिटलको बेडमा निधाईरहेका थिए। सडकको ट्याक परिबर्तन गर्न खोज्दा पछाडिबाट तिब्र गतिमा आएको गाडीले उनले चलाएको टयाक्सीलाई ड्राईभर साईडमा नै हान्न पुगेको थियो।
यस दुर्घटनामा उनको करङको हड्डी र दाहिन्ने खुट्टाको हड्डी फुटेको छ भने बायाहात भाचिएको अबस्था छ। पीडाले छरपट्टई रहेका थिङ्ग को शरीरै भारी चोट नै चोट देखिन्छ रगत छालामा जमे जस्तो रातै देखिन्छ।
सोहि कम्पनीमा चालक रहनु भएका कुलबहादुर आचार्यले युएईमा रहेको प्रगतिशील यातायात मजदुर मंच का नि-बर्तमान अध्यक्ष सम्भु कुमार वाईबालाई दुर्घटनाको बारेमा जानकारी गराउनु भएको थियो । हामी जहा भए पनि यातायात मजदुर एक जुट हुनु पर्छ भन्ने मान्यता लिदै युएईको यातायात मजदुरले तत्कलानै अबुधाबीमा रहनु भएका साथीहरुलाई खबरगरि मंचको तर्फबाट बलबहादुर बि.क.,नेत्र अर्याल सहितका साथीहरु थिङग् लाई भेट्न हस्पिटलमा नै पुग्नु भएको थियो।
”निकै सिकिस्थ अबस्थामा रहेका यातायात मजदुर नेपालीका नाताले हामी पुगे पछी यति आसु झार्नु भयो कि उहालाई सम्झाउन खोज्दा हाम्रै आखा रसाएका थिए ”बलबहादुर भन्नु हुन्छ। हाम्रो पेसा एउटै हो हामी सबारी चालकको जिन्दगीको रेखा सडकको बिचमा स्टेरिङमा समर्मित हुन्छ।
मंचको तर्फबाट सम्भु कुमार वाइबा,रामकुमार रिजाल,बाबुराम बिक,सुर्य मणि ज्ञवाली,कृष्ण आचार्य,नेत्र अर्याल,केशब राज ज्ञावाली, हुम खड्का,कुलबहादुर आचार्य,राजन सुबेदी सहित मजदुर अनलाईन सम्पादक निमकान्त पाण्डे को सक्रियतामा दुबई र अबुधाबीमा रहेका सबारी चालक सथिहरुसग रकम संकलन गरी बल बहादुर बिक र नेत्र अर्याल ले घाइतेलाई तत्काल सहयोग स्वरुप १३७५ तेह्र सय पचहत्तर द्राम र नेपाल सम्म जानका निम्ति टिकटको लागी रकम हस्तान्त्रण गर्नु भएको छ। भेटका क्रममा दुर्घटना अबस्थामा सहयोग गर्नु भएको र यस अबस्थामा बिदेशको ठाउमा हस्पिटलमा भेट्न आउनुहुने सम्पूर्ण साथीहरुलाई थिङ्ग ले धन्यबाद दिनुभएको छ उहाले भन्नु भयो बिचारले म पनि युएईको सामाजिक सस्थामा आबद्ध रहेको छु भन्दै साथीहरु भेटन आउनु हुने छ भन्ने अझै पनि आसा रहेको छ।
No comments:
Post a Comment