भाईराम चौलागाई
२१ जनवरी कुवैत सिटी। नेपाल तामाड.घेदुड.कुवेत आगामी मञ्जुश्री संवत २८४९औ डुल ल्हो (सर्प)बर्षको ल्होछार कार्यक्रम को सम्पूर्ण तयारी पुरा भएको छ। नेपाली ख्याती प्राप्त गायक रोज मोक्तान र चर्चित हास्य कलाकार तक्मे बुडा (विल्सन बिक्रम राई) को साथमा स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति रहनेछ। फेब्रुअरी १ मा कुवेत जिलिब स्थित इन्डीयन इण्डिग्रेड स्कुलमा ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न हुन गइ रहेको छ।कार्यक्रम स्थल बिद्यालय क्षेत्र भएकोले सम्पूर्ण प्रबासी नेपालीमा संयमताका साथ तल उल्लेखित कुरामा बिशेस ध्यान दिनुहुन नेपाल तामाड.घेदुड.कुवेतका अध्क्षय राम लामाले बिनम्र अनुरोध गर्नु भएको छ।
- धुम्रपान निषेद (चुरोट,बिडी, खैनी र तमाखु जन्य पदार्थ कार्यक्रम स्थलमा सेबन गर्न पाइने छैन )
- मध्यपन निषेद (जाड रक्सि सेबन गरेरे आयको खण्डमा कार्यक्रममा प्रवेश पाइने छैन )
- अना आवाश्यक हो हल्ला गर्न सक्त मनाही
खाडी न्युज टिम पनि बिशेस कुरामा ध्यान दीइ शान्त मैत्रीपुर्ण वातावारणमा भरपुर मनोरंजन लिन सम्पूर्ण प्रबसी नेपालीमा आग्रह गर्दछौ।
No comments:
Post a Comment