रवि रोषी
कतार जनावरी २०। कतार भलिबल एसोसिएसनद्धारा आयोजित भलिबल ओपन लिगमा नेपालले इजिप्टलाई परास्त गरी पुनः अग्रता हासिल गर्न सफल भएको छ । इजिप्टसंग भएको खेलमा नेपालले पहिलो सेट २५, १७ र दोश्रो सेट पनि २५, १७ को अन्तरमा बिजय हासिल गर्न सफल रहेको थियो ।
यस अघिको खेलमा नेपालले लेबनानलाई २५, ५ र २५ ७ को सहज सेटमा जित्न सफल रहेको थियो । नीलो जर्सीमा उत्रेको नेपालले गत बर्ष दोश्रो स्थान हासिल गर्न सफल रहेकोमा यस बर्षको कम्युनिटी भलिबल लिगमा पहिलो स्थान हासिल गर्ने लक्ष्य रहेको र सोही अनुरुप गतबर्षको तुलनामा राम्रो अभ्यासको साथ उत्कृष्ट खेलाडीहरुलाई चयन गरिएको टिम म्यानेजर बुद्ध लामाले बताए । यस बर्ष नेपालको लागि कडा प्रतिस्पर्धी भारत रहेको हुनाले भारतलाई परास्त गर्न खेल प्रविधीमा नेपालले केहि कसरत गर्नुपर्ने र सोही अनुरुप नेपाली टिम पनि आफुलाई मैदानमा उतार्नुपर्ने भएकोले हामीले जुक्ति खेलमा बढी ध्यान दिईरहेका छौँ, कतार कम्युनिटी लिगका टेक्निकल मेम्बर सागर नेपालले बताए । अब नेपालले आगामी मार्च ८ तारिखका दिन कतार फाउण्डेसन संग भिड्ने भएको छ ।
No comments:
Post a Comment