Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, January 21, 2013

पर्यटन विकासको लागी गुरु योजना आवश्यक

विजय  दमासे
अर्घाखॉची जनावरी २०। अर्घाखॉचीमा रहेका एैतिहासीक पर्यटक स्थलको संरक्षण र प्रचार प्रसारको लागी गुरु योजना बनाएर अगाडी बढ्नु पर्ने जिल्लामा आयोजित एक कार्यक्रममा बत्ताहरुले जोड दिएका छन् ।
बुटवल पव्लिकेसन प्रा.ली द्धारा प्रकाशित बुटवल टुडे राष्टिय दैनिकको आयोजनामा आईतवार सन्धिर्खकमा भएको पर्यटन विकासका लागी बुटवल टुडेको भुमिका विषयक राउन्ड टेवलमा बोल्ने बत्ताहरुले सो कुरा बताएका हुन् । े
गुरु योजनाका साथ काम गदै गए जिल्लालाई देश विदेशमा चिनाउनुको साथै स्थानीय बासिन्दाको जिवन स्त्तरमा समेत ठुलो फड्को मार्ने बताएका थिए । यसरी मन्तव्य राख्नेहरुमा प्रमुख जिल्ला अधिकारी गोविन्द मणी भुर्तेल,उद्योग बाणिज्य संघका महासचिव नेत्र प्रसाद भुसाल,प्रहरी नायव उपरिक्षक हिरा बहादुर पाण्डे,जिल्ला विकास समितीका अधिकृत राम बहादुर रायमाझी हुनुहन्थ्यो ।
टुडेका प्रवन्ध निर्देशक नवराज कुवरको अध्यक्षता,सम्पादक सुरज भण्डारीको स्वागत र जिल्ला संवाददाता गणेश खनालको सञ्चालनमा सम्र्पन कार्यक्रममा अनुसन्धान प्रमुख लिलाधर पौडेल,वन कार्यलयका प्रमुख पंचलाल शाह,शाईन बैकमा प्रवन्धक बुद्धिजिवन भुसाल,पत्रकार महासंघका उपाध्यक्ष्ँ हिम बहादुर जिसी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष विजय दमासे, पत्रकार निम बहादुर रिजाल, विरेन्द्र के सी,सविता आचार्य,पार्वता श्रेष्ठ, लगाएतले मन्तव्य राख्दै जिल्लामा रहेका ऐतिहासीक सुपा देउराली मन्दिर,पाणिनी तपोभुमि,अर्घाको भगवति मन्दिर लगाएतका दर्जनौ पर्यटक स्थल भए पनि आवश्यक पुर्वधारको विकास हुन नसक्दा बाह्य पर्यटक आउन नसकेको बताएका थिए ।

No comments: