Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, January 21, 2013

नेपाल कुवैतसांस्कृतिक मंचले नेपाली नया बर्षमा सास्कृतिक कार्यक्रम गर्ने

भाईराम चौलागाई 
कुवैत सिटी जनावरी२०। नेपालीहरुको नया बर्ष २०७० को अबसरमा नेपाल कुवैतसांस्कृतिक मंचले अप्रिल १२तारिकमा नेपाल बाट अतिनै चर्चित गायक गायीका प्रोमद खरेल र  राधिका हमाल ल्याई सास्कृतिक कार्यक्रम गरेर भब्य रुपले नया बर्ष मनाउने भएको छ।सांस्कृतिक मंचलेसांस्कृ नेपाली नया वर्ष को अबसरमा सधै झैँ यो बर्ष पनि सास्कृतिक कार्यक्रम गरेर नया बर्ष मनाउने जानकारी मंचका माहासचिब माधब शर्माले खाडी न्युज लाई जानकरी  गराउदै उक्त मितिमा कुवैतका नेपाली संघ सँस्था हरुले कार्यक्रम नजुदाउन आग्रह गर्नु भएको छ। लोकसंगीतका पारखीहरूलाई गायिका राधिका हमालले  बेजोड प्रस्तुति दिने छन् भने पछिल्लो समय निकै व्यस्त चर्चित  गायक प्रमोद खरेलको साथमा स्थानीय  नेपालकुवैत सांस्कृतिक मंचका कलाकारले पनि जोड दार प्रस्तुति दिनेछन।  (मेरो दील छ पोखरामा)  (उसले जति माया तिमीलाई मैले पनि दिन्थे होला) जस्ता चर्चित गीतमा आफ्नो स्वर दिएका गायक प्रमोद खरेल र गायिका राधिका हमालको साथमा  सांस्कृतिक मंचको सास्कृतिक कार्यक्रम भब्य रुपले सम्पन्न होस् खाडी न्युज परिवार सफलताको कामना गर्दछ।                                                                                   

No comments: