Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, January 28, 2013

एन आर एन ,अमेरिकाले ऐतिहासिक सम्मेलन गर्ने

विजय थापा 
भर्जिनिया ,अमेरिका जनवरी २८ एन आर एन ,एन सी सी ,अमेरिका(गै आ स ,रा स स ) ले एक दिवसीय बार्षिक अधिवेसन यहि आउदो मई २५ ,२०१३(शनिबार ) अर्थात्  स्मरणात्मक दिवस (मेमोरियल डे ) का दिन अमेरिका कै सर्बाधिक दोश्रो लोकप्रिय शहर क्यालिफोर्निया राज्यको लस एन्जेलसमा भब्यताको साथ मनाउने निर्णय गरेको छ l एन आर एन ,एन सी सी ,अमेरिका(गै आ स ,रा स स )को ईतिहास सयक्त राज्य अमेरिकामा पुरानो न भएता पनि  बिगतमा यो संस्था चिर निन्द्रामा सुतेको हो कि जस्तो भान समुदायले ठहर गरेता पनि समयको कालचक्र संगै नया नेतृत्वको नविनतम सोच र महत्वाकांक्षि तार्किक लक्ष्यलाई बोकेर हिडेको एन आर एन ,अमेरिका छोटो समयमा नै विश्व भर आफ्ना कार्यक्रमहरु मार्फत सकारात्मक संदेश दिन केहि हद सम्म सफल भएको छ l
यो ऐतिहासिक अधिवेसनले अमेरिका भर यत्र तत्र छरिएर रहेका सैयौ संघ तथा संस्थाहरुलाई एकत्रित गर्दै ऐक्यबद्दताको आवाज घन्काउने र सम्पूर्णलाई आफनो पनको महसुस गराउदै गोलबद्द बनाउने उदेश्य रहेको जानकारी अधक्ष्य प्रल्हाद केसीले जानकारी दिए l  एन आर एन ,एन सी सी ,अमेरिका(गै आ स ,रा स स )महिलाहरुका तमाम विषयका सम्पूर्ण मुद्दाहरुमा बिशेष प्राथमिकता दिने र उच्च सद्भाव साथ हातेमालो गर्दे सहयात्री हुने अधक्ष्य केसीले अभिव्यक्ति दिए l
मूल लक्ष्य नै संघ तथा संगठनहरुलाई सहभागी गराउने र छाता संगठनको रुपमा एन आर एन ,अमेरिकालाई सयुक्त राज्य अमेरिकामा स्थापित गर्दै मात्री भूमिको सेवा र एक आपस बीच भाईचाराको सम्बन्ध स्थापित गर्दै जाने सोच रहेको छ भनि अधक्ष्यले सूचना दिए l सबै संगठनहरुका ध्वजाहरुलाई उच्च स्थान दिदै सम्मेलनमा ध्वजा फर फराउने गरि स्थान दिने र राष्ट्रिय हित र सवालमा सबै एक ढिक्का समेत हुने लक्ष्य एन आर एन ,अमेरिकाले लिएको छ भनि बिशेष जोड केसीले पोखे l सम्मेलनको मूल नारा नै ' मिटिंग अफ माइन्ड 'अर्थात्  'अभिप्रायको सम्मेलन' राखिएको छ भन्दै आफु संस्थालाई अझ प्रभावकारी  र चुस्त बनाउन आफु नेपालको भ्रमण गरेको भन्दै निरन्तर एन आर ए अमेरिकाले सूचना तथा समाचारहरु सम्प्रेषण गर्ने र सम्पर्क गर्ने लक्ष्य राखिएको छ भन्दै सबैलाई यो महान भेलामा सहभागी हुन् आब्हान गरेका छन् l


No comments: