सम्बाददाता
सोल कोरिया जनवरी २९ कोरियामा पछिल्ला केहि समय यता निष्क्रय रुपमा रहेको धरान कोरिया सहयोग समिति दक्षिण कोरियालाई विउंताउदै सक्रिय र सशक्त बनाउन हिजो सिओलको तोङ्गदेमुन भएको एक कार्यक्रममा तदर्थ समिति गठन गरेको छ ।
धरान कोरिया सहयोग समितिका पूर्व अध्यक्ष तथा नेपाली कोरिया डटकमका प्रधान सम्पादक डम्बर सुब्बाको संयोजकत्वमा गठन भएको सो तदर्थ समितिको सदस्यहरुमा रिचड लिम्बु,सुमन सुनुवार,टुक राज गुरु ङ्ग,राजु लिम्बु शरण राई,रबि श्रेष्ठ, बिष्णु राई (येऐन्द्र), मदन राई,बिष्णु राई र रतन लिम्बु रहेको छ ।
उक्त तदर्थ समितिले कोरियाको फेब्रुअरीमा हुने कोरियाली नयांबर्ष सलनालको ३ दिने विदाको दिन मध्ये एक दिन तोकेर समितिलाई पूर्णता दिने जनाएको छ ।
साथै सोतदर्थ समितिले आगामी दिनहरुमा कोरियामा विभिन्न पेशामा रहेका धरान नगरपालिकाबासीहरुलाई एकाकृत गर्दे आपसी सहयोगको आदान प्रदान गर्नको साथै धरान नगरपालिकाको विकासमा सक्दो सहयोग पुरयाउने सहमती भएको छ ।
स्मरणीय छ धरान कोरिया सहयोग समिति कोरियामा १९९५ ९६ ताका सक्रिय र सामाजिक सेवा कार्यमा अन्य संस्था भन्दा आफनै पहिचान र नमुनाको संस्था थियो ।
No comments:
Post a Comment