Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 29, 2013

सम्बन्ध विच्छेद समस्या कि समधान ?



कृष्ण वर्मा
पीपलधारा ६, गुल्मी, जनवरी  २९  आधुनिक फुर्सदका महिलाहरु बसेर रमाईला कुराहरु गरिरहेका थिए, यत्तिकैमा एकजना महिलाले गम्भिर भएर भनिन भोलि मेरा श्रीमानको जन्मदिन छ के उपहार दिने होला ? महिलाहरु मध्ये केहीले एक मुख भएर भने डिर्भोस (सम्बन्ध विच्छेद) देन भनेर गलल हा“सेर जवाफ दिए, वास्तवमा त्यो जोक्स थियो तर अहिले सम्बन्ध विच्छेद जसरीे जोक्स बनेको छ त्यसै गरि व्यवहारमा पनि दिन प्रतिदिन गाउ समाजमा बढि रहेको छ । सम्बन्ध विच्छेद अहिले नेपालमा आधुनिक समस्य भएको छ । सम्बन्ध विच्छेद प्राचिन समय देखिनै चलि आएको कानुनी प्रावधान हो तर विगत केही वर्ष देखि बढि आएको दिनानुदिन बिक्राल बन्दै गएको छ । 

सम्बन्ध विच्छेद लोग्ने र स्वास्नी बीच सामाजिक परम्परा र कानुन बमोजिम विवाहबारीबाट जोडिएको नाता कानुन सम्मत  लोग्ने स्वास्नीको नाताबाट अलग रहनु हो । सम्बन्ध विच्छेद समधान की समस्या अहिले यो द्विविधाको विषय बन्न थालेको छ । केही समय अघि यो ठूलो कलकं मानिन्थ्यो । तर आजकाल यो अति सामान्य लेनदेन जस्तो मुद्दा बनेको छ । कानुले सम्बन्ध विच्छेद गर्नलाई ऐन नियमा बनाईदिएको छ जसमा लोग्ने, स्वास्नी कुन कुन अबस्थामा सम्बन्ध विच्छेद गर्ने भन्ने कुरा स्पष्ट रुपमा निर्दिष्ट गरेको छ । तर अहिले गरिने सम्बन्ध विच्द्धछेद कानुनुले निर्दिष्ट गरेको आयम भन्दा भिन्दै किसिमले हुने गरेको छ । जसले समाज र परिवारमा नकरात्मक असर पार्न थालिसकेको छ । अदालतमा हुने सम्बन्ध विच्छेदको फिराद अध्ययन गर्दा कस्तो देखिन्छ भने सम्बन्ध विच्छेद केही पनि होईन, जुन जहिले र जुनसुकै अबस्थामा पनि गर्न सकिन्छ, अदालतमा हुने सम्बन्ध विच्छेद मुद्दाको प्राया जसो फिराद पत्रमा देख्न आएको कारक अति भन्दा अति सामान्य जसले सम्बन्ध विच्छेद जस्तो ठूलो अभ्यास गराउन सक्छ भन्ने कुरा कल्पना पनि गर्न सकिदैन, जसमा श्रीमान÷श्रीमतीको फोनमा अरुको फोन आउनु, मिसकल हान्नु, घर ढिला आउनु, समयमै खबर नगर्नु, कुनै सामान्य चिजको जानकारी नगराउनु, अरुको कुरामा लागि आधारहिन हल्ला सुन्नु, निराधार कुरालाई माध्यम बनाउनु आदी जस्ता अति सामान्य कारक तत्व छन जसले सम्बन्ध विच्छेद जस्तो दीर्घकालिन समस्य निम्ताउछ । 
अहिले यसरी विक्राल बनेको सम्बन्ध विच्छेद महिलाहरुको हकमा केन्द्रि भई गरेको निर्णयको प्रतिफल हो भन्न कत्ति पनि अत्युक्ति नहोला । प्राचीन समयमा महिलाहरुले अनेक बाधा व्यवधान सहनु पर्ने, कानुनको यथोचिन प्रयोग लाई सामाजिक कलंकको रुपमा लिईनु, महिला शिक्षा देखि टाढा रहनु जस्ता कुराहरुले महिलाहरुलाई यस कुराबाट अलि टाढा राखेको थियो । जसले गर्दा सम्बन्ध विच्छेद आवश्यकता पर्दा समेत गर्न सक्दैनथे यो दुःखको कुरा थियो । त्यसैको फलस्वरुप यसलाई परिमार्जित गरेर महिलाको हकमा अलि शक्तिशाली कानुन बनायो र अहिले समाजमा दिन प्रतिदिन अभ्यास भइृ रहेको छ । सम्बन्ध विच्छेद वास्तवमा समधान हो, तर अहिले जुन रुपमा बढ्दै गैरहेको छ यो समधान नभएर समस्या हो । विवाह बन्धनमा बाधिनु सानो र सामान्य कुरा होईन यसरी पवित्र बन्धनमा आफ्नो पक्षलाई मात्र ध्यान दिएर गरिने सम्बन्ध विच्छेदको असर कहा“ र कहिले सम्म पार्छ भन्ने कुरा यो गर्नुले सोच्नु पर्छ, यसैको लागि एउटा प्रसंग जोडन चाहन्छु, जिल्ला अदालत अर्घाखा“चीमा सम्बन्ध विच्छेद गर्न आएका एकजोडी मध्ये लोग्ने चाही रोईरहेको थियो, श्रीमतीले बाहिर गेटमा बसेर आफन्त संग कुरा गर्दै थिईन, पहिला सबैले सम्बन्ध विच्छेद गर भनेर मैले सम्बन्ध विच्छेद गर्ने सोच बनाए, अहिले कसैले पनि नगर भन्छन, तर मैले जे भो भो, अब मैले सम्बन्ध विच्छेद गर्छु, जे गर्छु ठीक गर्छु भनेर भनीन ।  यो कुरा सोच्नु पर्ने बाध्यता भई सकेको छ, सम्बन्ध विच्छेद श्रीमान र श्रीमतीले मात्र गर्न सक्दैनन यसमा अरु आफन्तहरुको पनि बढ्दो हात हुन्छ तर असर भने आफूलाई र आफ्ना परिवारलाई मात्र । सम्बन्ध विच्छेद गरि सके पछिको अबस्थाको बारेमा सायद थोरैले सोच्ने गर्छन जस्तो लागेको छ । दुवै जनाको सम्बन्ध विच्छेदले धेरैलाई असर पारेको हुन्छ, जहा“ घर, माईत, ससुराल, छर छिमेक र समाजमा । अहिलेको सम्बन्ध विच्छेदको मुख्य कारक तत्व भनेको विदेशी पैसा (रेमीटान्स) बनेको छ भन्दा पनि हुन्छ । श्रीमान घर श्रीमती र छोरा छोरीको लागि विदेश जान्छ, श्रीमानले विदेशमा दुःख गरेर धन पैसा कमाई पठाउछ, श्रीमतीलाई अब पैसाको आवश्यकता पर्न छोडी उसलाई श्रीमानको आवश्यकता पर्छ त्यसमा केही पुरुषहरु यसैको पर्खाईमा कुरेर बसी रहेका हुन्छन । उनीहरुको जालमा यस्ता खाले महिलाहरु फस्न पुग्दछन र अन्तत सम्बन्द विच्छेद आवश्यक पर्छ । सम्बन्ध विच्छेद पुरुषले चाहेर महिलाले चाहे जसरी सजिलो हुदैन । तर अहिले हुने सम्बन्ध विच्छेद मुद्दा प्राया जसो महिलाले नै दिएका हुन्छन । सम्बन्ध विच्छेद पनि आफै माग्ने र सम्बन्ध विच्छेद गरेवापत धन सम्पत्ति पनि अनि श्रीमान चाही श्रीमती र सम्पत्ति विहिन भएर सडकमा पुग्ने गरेको प्रमाणहरु तमाम देख्न सकिन्छ ।  सम्बन्ध विच्छेद त अहिले होटलमा सगै नास्ता खाएर, छुट्टिए जस्तो भएको छ, त्यसैले यो समधानकी 
समस्या ? 


No comments: