Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 29, 2013

इसोडेकको सहयोगमा पुम्दीभुम्दीमा विद्यालय भवन


पोखरा, ११ माघ : शैक्षिक तथा सामाजिक विकास केन्द्र(इसोडेक) को संक्रियतामा कास्कीको पुम्दीभुम्दीस्थित लक्ष्मी निम्न माध्यमिक विद्यालयको नवनिर्मित भवनको बिहीबार एक कार्यक्रमबीच उ्घाटन गरिएको छ । गैर आवासीय नेपाली संघका निर्वतमान अध्यक्ष तथा प्रमुख संरक्षक एवं इसोडेकका अध्यक्ष देवमान हिराचनले सो भवनको उद्घाटन गरेका हुन् । इसोडेक, जिल्ला शिक्षा कार्यालय कास्की र स्थानीय बासिन्दाको सहभागितामा दुई कोठे सो भवन निर्माण सम्पन्न भएको हो । 
दुई कोठे भवन बनाउनका लागि १५ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ । जसमध्ये इसोडेकले चार लाख ३१ हजार, जिशिका कास्कीले छ लाख ५० हजार पुम्दीभूम्दी गाविसले ९० हजार रुपैयाँ प्रदान गरेका छन् । यसैगरी, जिल्ला विकास समिति कास्की र विद्यालयको आन्तरिक स्रोतबाट प्राप्त रकमसमेत खर्च भएको प्रधानाध्यापक लोकनाथ बरालले बताए ।
उनका अनुसार, २०२३ सालमा स्थापना भएको विद्यालयमा हाल नर्सरीदेखि सात कक्षासम्म पढाइ हुन्छ । अहिले सो विद्यालयमा एक सय विद्यार्थी अध्ययनरत छन् । 
भवनको उद्घाटन गर्दै हिराचनले नेपालमा पर्याप्त स्रोत र साधन भए पनि सदुपयोग हुन नसक्दा विकास नभएको बताए । राजनीतिक दलहरुले विकासलाई एजेन्डाको रुपमा लिन नसकेकाले मुलुक पछि परेको उनको तर्क थियो । 
लक्ष्मी निमाविलाई कास्कीको मात्र नभएर नेपालकै नमूना विद्यालय बनाउन आग्रह गर्दै उनले यसका लागि सहयोग गर्न आफू तयार रहेको बताए । उनका अनुसार, इसोडेकले नेपालमा विगत २५ वर्षदेखि काम गर्दै आएको छ । हालसम्म विभिन्न जिल्लामा १८ वटा विद्यालयको भवन निर्माण गरेको जानकारी उनले दिए ।इसोडेकका महासचिव निरज थापाले अहिले पनि 
इसोडेकले विभिन्न जिल्लाका एक सय ३० विद्यार्थीलाई मासिक छात्रवृत्ति प्रदान गर्दै आएको बताए । ग्रामीण भेगका बासिन्दाको आयस्तर वृद्धि, शिक्षा र स्वास्थ्यमा इसोडेकले हालसम्म पाँच करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ । 

कास्कीको पुम्दीभुम्दीस्थित लक्ष्मी निमाविको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै एनआरएनएका पूर्व अध्यक्ष देवमान हिराचन ।  


No comments: