भाईराम चौलागाई
१७ जनवरी कुवैत सिटी। तमु समाज कुवेतले गुरुड.जातिहरुको महान पर्व तमु ल्होछार को अवसर पारेर आयाजना गरेको संस्कृतिक कार्यक्रम गत शुक्रबार कुवैत स्थीत फिन्तास हलमा अतिथि कलाकार शान्ति गुरुङ को साथ मा सम्पन्न भयो। खोप गुरूडको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कुवेतका लागि नेपाली राजदूत मधुवन प्रसाद पौडेल हुनुहुन्थो भने बिशेस अतिथि यू ए इ एक्सचेन्ज कुवैतका कन्ट्री हेड Mr. Pancily Varkey रहनु भएको थियो। यू ए इ एक्सचेन्ज कुवैत र आइ एम इ नेपालले प्रयोजन गरेको कार्यक्रममा नेपाली दर्सक हरुको उलेखनीय सहभागिता रहेको थियो। कुवेतका नेपाली समाज हरुले आयोजना गरेको सबै कार्यक्रममा सधैभ सहयोग गर्दै आएको यू ए इ एक्सचेन्जले नेपाली हरुको आवश्कता लाई मनन गरि आइ एम इ संग सहकार्य गर्दै नेपालीहरु माझ अझै धरै लोकप्रिय हुदै छ। आइ एम इ नेपालमा सबै भन्दा धेरै शाखा भएको रेमिटेन्स संस्था हो।छिटो छरितो र भरपर्दो सेवा दिने आइ एम इ संगको सहकार्यले यू ए इ एक्सचेन्ज कुवेतमा नेपालीहरु माझ अझै लोकप्रिय हुनेछ।
तमु समाज कुवेतको संस्कृतिक कार्यक्रमको केहि झलक हाम्रा प्रतिनिधि लामा भाई इस्ट मान वाईबाले तयार पार्नु
भएको भिडियो ।
No comments:
Post a Comment