गोलबजार (सिरहा), पुस १८ – एमाओवादी नेतामाथि गोली प्रहार गरेर फरार भएका एक युवकलाई मिर्चैया प्रहरीले गएराति पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीका अनुसार कात्तिक ५ गते एकीकृत नेकपा (माओवादी)का जिल्ला सदस्य श्रवण यादवमाथि गोली चलाएर फरार रहेका अभियुक्त समातिएका हुन्।
पक्राउ पर्नेमा राघोपुर गाविस- ५ का रुपेश यादव छन्। माओवादी नेता यादवमाथि इप्रका मिर्चैया अगाडि नै गोली प्रहार भएको थियो। उनीमाथि गोली प्रहार गर्ने एक व्यक्ति यसअघि नै पक्राउ परिसकेका छन्। -रासस
No comments:
Post a Comment