Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, January 2, 2013

आर्वा विजय माविको वार्षिकोत्सव


पोखरा,१८ , पुस-आर्वा विजय माध्यमिक विद्यालय आर्वा–७ ढाँडबेशीको २९ वार्सिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरी सोमबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीनाथ बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक शिवराज पौडेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका उपसचिव दामोदार सुवेदीले आर्वा विजय माविले त्यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउन सफल भएको बताउनुभयो । कार्यक्रममा विद्यालय निरीक्षक केदारराज आचार्य, शिक्षिका शारदा बराल, विद्यार्थीहरु मनोज वि.क. र अस्मिता वाग्ले, कृष्ण बराल, धनश्याम बराल, हरिमाया बराल, नारायणप्रसाद बराल, लालबहादुर नेपाली, विश्व पंगेनी लगायतले बोलेका थिए ।
सो अवसरमा विविध साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको प्रअ पौडेलले जानकारी दिनुभयो । विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई समेत वार्षिकोत्सवका अवसरमा पुरस्कार वितरण गरिएको थियो ।

No comments: