२० पुस, सिन्धुली । सिन्धुली सदरमुकाम सिन्धुलिमाढीमा बिहीबार अपराहृनबाट जारी कफ्र्यू २ घण्टाका लागि हटाइएको छ । विहान ८ बजेदेखि १० बजेसम्मका लागि कफ्र्यू हटाइने प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिनुभयो । त्यसपछि अबस्था हरेर कफ्र्यु जारी गर्ने नगर्ने निर्णय हुने बताइएको छ । कारगारभित्र भएको झडपमा ज्यानमुद्दामा जेल सजाय भोगिरहेका तरुण दलका कार्यकर्ता निरज देवकोटाको मृत्यु भएपछि सदरमुकाम तनावग्रस्त बनेको थियो । कांग्रेस कार्यकर्ता र स्थानीयको प्रदर्शनका कारण तनाब बढेपछि स्थानीय प्रशासनले बिहीबार अपराहृनबाट कफ्र्यू जारी गरेको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment