Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, January 4, 2013

राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै, सहमति हुने सम्भावना न्युन


२० पुस, काठमाण्डौं । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपति रामवरण यादवले पछिल्लो पटक पुस १५ गते अन्तरिम संविधानको धारा ३८ को १ अनुसार ५ दिनभित्र सहमतिको प्रधानमन्त्री सिफारिस गर्न दलहरुलाई आहृवान गर्नु भएको थियो ।

पटक पटक गरेर डेढ महिना समय थप हुँदा समेत दलहरुबीच सहमति हुन सकेको छैन । एकीकृत नेकपा माओवादीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव गरेपनि विपक्षी कांग्रेस-एमालेले अस्वीकार गरेका छन् ।

विपक्षी दलहरु कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्नु पर्ने अडानमा छन् । सहमतिको प्रयासमा दलहरुबीच आज पनि छलफल हुने बताइएको छ ।

No comments: