पोखरा, ६ माघ।कास्की जिल्ला तेक्वान्दो सङ्घको वार्षिक क्यालेण्डरअनुसार सङ्घको मातहतमा सञ्चालित विभिन्न डोजाङ तथा स्कुलमा प्रशिक्षणरत खेलाडीहरूको बेल्ट टेस्ट शनिबार सम्पन्न भयो।
ग्रेडिङ कमिटीका संयोजक राजु श्रेष्ठको संयोजकत्वमा पोखरा रड्डशालाको तेक्वान्दो हलमा दुई दिनसम्म भएको बेल्ट टेस्टमा ३१ जना खेलाडीको सहभागिता रहेको थियो।
जसअनुसार १७ जना रेडबेल्टले रेड ब्ल्याक, नौजना रेडब्ल्याकले ब्ल्याक फस्ट डान र ३० औं समूह ब्ल्याक बेल्टले सेकेण्ड डानको लागि पाँच जनाले टेस्ट दिएका थिए।
सहायक प्रशिक्षकद्वय सुनबहादुर लामा र बलराम लामा तथा ललित धामी, कुमार गुरुङ, राजन पौडेल, कृष्ण महर्जन, प्रितम कुँवर, अरुण माझी, महावीर थापा, निशान कार्की, विनय भण्डारीलगायतले खेलाडीहरूको टेस्ट लिएको सङ्घका सचिव प्रेमनाराण न्यौपानेले जानकारी दिए।
सो अवसरमा हङकङ निवासी फोर डान ब्ल्याकबेल्ट देउकाजी गुरुङले कास्की जिल्ला तेक्वान्दो सङ्घलाई सहयोगस्वरुप पाँच हजार रुपैयाँ सङ्घका उपाध्यक्ष राजु श्रेष्ठलाई प्रदान गरेका थिए।
No comments:
Post a Comment