काठमाडौं–बालिकाहरुको प्रतिभा प्रस्तुत र व्यक्तित्व विकाशका लागि आयोगित जुनियर स्कुल प्रिन्सेसका प्रतियोगीहरुले शनिबार काठमाडौंमा आफ्ना प्रतिभा प्रस्तुत गरेका छन् । सिजन मिडियाद्धारा आयोजित सो प्रतियोगिताको ट्यालेन्ट सो अन्तर्ग प्रतियोगीहरुले नृत्य, गायन, बक्तृत्वकला जस्ता प्रतिभा देखाएका हुन् ।
उक्त ट्यालेन्ट शो अन्तर्गत सिम्रन तिवारी, यस्मिन शेर्पा, मोनिका गौतम र कृति दँगाल जस्ता प्रतियोगीले कार्यक्रममा विभिन्न बाल गीत गायका थिए ।
सो प्रतियोगितामा सहभागी मध्य ओशामा तण्डुकार, आईसा गुरुङ्ग, सौर्या अधिकारी, दिगिसा घले, स्वस्तिका ढकाल, करुणा पूर्जा मगर, सृष्टी थापामगर, स्नेहा सिग्देल, अनिमा अधिकारीले पनि ट्यालेन्ट सो अन्तर्गत नृत्य प्रस्तुत गरे ।
यस्त ैसो प्रतियोगितामा सम्राज्ञी देबकोटा, निसिम लामा, रश्मि तामाङ्ग, प्रज्ञा श्रेष्ठ, अनिषा बजगाई, पुजा पोखरेल, क्रिस्चला श्रेष्ठ, आरती भट्टराई, स्नेहा गौतम, प्राप्ति थापाले नृत्य प्रस्तुत गरेर अभिभावक तथा निर्णायकलाई दँग पारे ।
बाँकी प्रतियोगी प्रतिमा तामाङ्ग, विनिता तामाङ्ग, सुस्मिता तामाङ्ग, यमुना भट्टराई, सुरक्षा पाठक, निरु चौधरी, प्रनिता उप्रेती र सृजना तामाङ्गले विभिन्न विषयमा आफ्नो बतृत्व क्षमता प्रस्तुत गरे ।
उक्त ट्यालेन्ट शोको निर्णायकमा अभिनेत्री उमाबेबी गिरी, गायिका जमुना जोशी, सञ्चारकर्मी डब्बु क्षत्री र एजेडब्लु कलेजका सँस्थापक प्रचार्य नविनमान श्रेष्ठ थिए ।
आयोजक सँस्था सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तका अनुसार उनीहरुको प्रस्तुतिको आधारमा मिस जुनियर स्कुल प्रिन्सेस ट्यालेन्ट उपाधि भने १२ माघमा अन्तिम प्रतिस्पर्धामा प्रदान गरिने छ ।
.jpg)
No comments:
Post a Comment