डम्बर शुब्बा
६ जनवरी कोरिया । कोरियाकोभ्रमणमा रहनु भएका राजनितीक विश्लेषक तथा बरिष्ठ पत्रकार भवानी बराललाई धरान नगरपालिकावासीहरुलेसम्मान गरेकोछ । सिओलको तोङ्गदेमुन स्थित एभरेष्ट करी वल्ड रेष्टुरेन्टमा हिजो एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।
धरान नगरपालिकाबासीहरुको बृहत उपस्थित रहेका सो कार्यक्रममा धरान कोरिया सहयोग समितिका पूर्व अध्यक्ष तथा नेपाली कोरिया डटकमका प्रधान सम्पाद डम्बर सुब्बा र सुनसरी हेल्पीेङ्ग हेन्डस दक्षिण कोरियाका अध्यक्ष रबि श्रेष्ठले संयुक्त रुपमा खादा ओडाई फुलको गुच्छाले सम्मान गरेका थिए ।ताप्लेजुड घर भएता पनि धेरै बर्ष अघि देखि धरान नगरपालिकामा बसोबास गर्दे पत्रकारिता गरी रहेका भएका पत्रकार बराललेविदेशमा रहेका धरानवासीहरुको सानो चासोका साथै स्रोत र साधन उपलब्ध भएमा चाडै नै धरान नगरपालिकाको अझ विकासका सम्भावनाहरु रहेका बताए ।
त्यस्तै उहांले धरान नगरपालिकामा सबै भन्दा बढी समस्याकोभनेकोखानेपानी हो। खानेपानी समस्या समाधानको लागी एडिबी बैकसंग खानेपानी परयोजनाका लागी १ करोड ५० लाखको एमओयुमा सम्झौता भईसकेको बताउनु भयो ।धरान कोरिया सहयोग समितिका पूर्व अध्यक्ष तथा नेपाली कोरिया डटकमका प्रधान सम्पाद डम्बर सुब्बाले धरान नगरपालिकाका विकासका लागी कोरियामा विभिन्न पेशामा रहेका धरान नगरपालिकाबासीहरुको एकता र निष्क्रय रुपमा रहेको धरान नगर पालिकावासीहरुको संस्थालाई पुन विउंताउनु पर्नेमा जोड दिएका थिए ।सुनसरी हेल्पीड हेन्डस दक्षिण कोरियाका अध्यक्ष रबि श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा सहभागीहरुले वरिष्ठ पत्रकार बराललाई ल्यापटप उपहार प्रदान गर्ने भएको छ ।
No comments:
Post a Comment