खाडी न्युज
कुवैत सिटी ६ जनवरी। थोपा थोपा मिलेर नै समुन्द्र बन्छ अनि कालन्तरमा त्यही थोपानै महसागरमा परिणत हुन्छ । माथी हरफमा भने जस्तै हिजो १ - २ जना बाट सुरुवात गरिएको यो न्युज साइट आज सबै माझ आइसकेको छ । हिजो कसैले पनि नाम नसुनेको यो साइट आज हरेक का मस्तिस्कमा रहन सफल भएको छ ।आज सहयोगी हात हरु अगाडी बडिरहेका
छन । शुभचिन्तक अनि सहकर्मीको बेजोड साथ अनि पाठकको हौसलाले अनि खाडी मुलुक को सत्य तथ्य समाचार हरु जस्ताको त्यस्तै आम पाठक बर्गमा पस्कीने प्रतिबद्दता सहित खाडी मुलुक मा रहेका समस्या,सम्भावना अनि त्येसका समाधानका बिषयलाई उठान गर्दै मिती १/४/२०१३ का दिन कुवैत जिलिब स्थित अपसरा हलमा एक समारोह बिच कुवैतका लागि नेपाली राजदुत श्री मधुवन पौडेल,नेपाल पत्रकार महासंघ कुवैतका अध्यक्ष सुजन के सी र यू ए इ एक्सचेन्ज कुवैतका कन्ट्री हेडले संयुक्त रुपमा www.khadinews.com log in गरि उदघाटन गरी प्रचलन मा ल्याइएको कुरा सम्पूर्ण सहयोगी शुभचिन्तक सहकर्मी अनि पाठक बर्गमा सुचित नै छ ।
प्रदेशमा १२/१६ घन्टाको लामो काम गरेर बचेको समय लाई सही उपयोग गर्ने सोच अनुसार सत्य तथ्य समाचार प्रकासित गरी जनमानसमा भएको भ्रम हटाउने अपेक्षा अनुरुप अगाडी बड्ने अठोट लिएर हिडेको यस खाडी न्युज लाई आफ्ना शुझाब हरु दिएर सहयोग गरिदिने सहयोगिहरु हाम्रा शुबचिनन्तक हरु बिभिन्न देश बाट हाम्रो प्रतीनीधित्यो गर्ने सहकर्मी साथिहरु अनि हाम्रा पाठक बर्ग हरुमा खाडी न्युज समुह मुरी मुरी धन्यवाद ज्ञपन गर्दछ। शुभचिन् तक ,सहयोगी,सहकर्मी र पाठक बर्गको हौसलाले नै आज खाडी न्युज अगाडी बडिरहेको हुनाले सम्पूर्ण सहयोगी शुभचिन्तक सहकर्मी अनि पाठक बर्गमा फेरी पनि धन्यवाद ज्ञपनगर्दै हजुरहजुको सल्लाह सुजाप सहयोगको अपेक्षा गर्दछौ।
No comments:
Post a Comment