Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, January 26, 2013

पोल्ट्रि व्यवसाय सरकारको प्राथमिकतामा ः अर्थमन्त्री पुन


काठमाडौं, १२ माघ
अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले सरकारले पोल्ट्रि व्यवसायलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ । ‘पोल्ट्रि व्यवसायलाई सरकारले विशेष प्राथमिकता दिएको छ’, शुक्रबार नेपाल पोल्ट्रि महासंघको प्रथम साधारण सभालाई राजधानीमा सम्बोधन गर्दै अर्थमन्त्री पुनले भन्नुभयो, ‘पोल्ट्रि व्यवसायीहरुको उच्च प्रयासले विदेशीने धनराशी र जनशक्तिलाई नियन्त्रण गरेको छ ।’
अर्थमन्त्री पुनले कृषि तथा पशु पंक्षि जन्य उत्पादनको व्यवसायीकरण हुनुपर्ने बताउनुहुँदै मासु उत्पादनको लक्ष्य उत्साहजनक रहेको बताउनुभयो । कृषिमा सरकारको प्राथमिकता रहेको बताउनुहुँदै पूर्ण बजेट नआउँदा पनि मलमा गतवर्ष सवा ३ अर्व अनुदान भएकोमा अहिले त्यसलाई ७ अर्वमा पुर्याएको बताउनुभयो । 
‘पशु पंक्षिको व्यवसायीका लागि सहुलियतपूर्ण ऋण दिने नीति लिएका छौं’, उहाँले भन्नुभयो, ‘पोल्ट्रि क्षेत्रमा ऋण उपलब्ध गराउने विषयमा हामी उच्च स्तरीय वित्तीय समस्या समाधान समितिमा पनि छलफल गर्ने छौं ।’कार्यक्रममा पोल्ट्रि महासंघका अध्यक्ष गुणचन्द्र विष्टले नेपालमा पोल्ट्रि व्यवसायले ३ लाखले रोजगारी पाएको जानकारी गराउनुहुँदै यस क्षेत्रमा ६० अर्ब लगानी रहेको बताउनुभयो । 
कार्यक्रममा अर्थमन्त्री पुनले पोल्ट्रि महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गर्नु भयो । 

No comments: