त्रिलोचन कोइराला /युएई
ताकी ताका तानी ........ताकी ताका तानी
इकु ...इकु भन्दै जंगली मान्छे बन्ने नेपाली चलचित्रका
चर्चित कलाकार शंखर
सुलेकमान एतिबेला युएईको बिभिन्न शहरमा
प्रवासि नेपालीहरूलाई सांगितिक कार्याक्रमका साथ इकु-२ प्रदर्शन गर्दै मनोरन्जनात्मक कोसेली दिइरहेका छन ।
दुइ महिना देखी युएइको
विभिन्न शहरहरुमा आफ्नु चलचित्र इकु भाग-२ प्रवासि नेपालीहरुलाई आफ्नु कलाकारिताको
धमाका देखाइरहेका सुलेकमानले रोयस , शाहारजा, अल्लियान ,दुबाई लगाएतको स्थानमा सफल प्रदर्शन पछी अबुधावीको केरला सोसाइटीमा आगामी
फेब्रुवरी १ तारिक गरीने कार्यक्रमको
तयारी अन्तिम चरणमा पुगेको उनका सहयोगीहरुले बताएका छन ।
युएइका
चर्चित कलाकारहरु आशिष पुरुष ,तृष्ण लामा , रेखा घिमिरे ,रबिन ,कुशल लगाएतको बिशेष
प्रस्तुती रहने मनोरञ्जनात्मका कार्यक्रममा शंखरले इकुजंगली मान्छेको भूमिकामा लाइफ प्रदर्शन
बिशेष आर्कषण रहने आयोजकले बताएका छन । अपरान्ह तिन बजे देखि साझ सात बजेसम्म संचालन हुने कार्याक्रम पहिलो चरणमा सांगितिक कार्यक्रम तथा दोस्रो चरणमा इकु २ मञ्चन गरीने भएको छ । कार्यक्रममा सहभागी हुन तथा नेपाली कला सस्कृतिलाईमाया गर्ने सम्पूर्ण प्रवासि नेपालीहरुलाई उपस्थिति भईदिन कलाकार सुलेकमान संखरले आग्रह गरेका छन ।
No comments:
Post a Comment