काठमाडौं । यसपालि पोखरेली सरुभक्त सुटुक्क काठमाडौँ आउनुभयो । कास्कीका गाउँ, हिमाल, हिउँका बिम्बहरु बोकेर आउनुभयो र जन्म र कर्मले काठमाडौँली बनेका सयौँका माझ एकल कवितावाचन गर्नुभयो ।
माछापुच्छ्र्रेबाट निकै ‘चुली’ उठिसकेका कवि, प्रेमी र पागल सरुभक्तले .गाउँका, देशका र विश्वकै पीडा र मर्म दुई घन्टासम्म व्यक्त गरिरहँदा श्रोतादीर्घाबाट राष्ट्रकविले ‘राम्रो’भनिरहनुभएको थियो भने अरुले ताली बजाइरहनुभएको थियो । चौँतीस सालमा साहित्यकर्म थाल्नुभएका भक्त श्रेष्ठले आˆना प्रारम्भकालीन कवितादेखि प्रयोगवाद, शून्यवाद र सर्वहाराको भाषा पनि बोल्न भ्याउनुभयो । ‘पागलबस्ती’का कुमार लेखकलाई ‘छोरी’ सरस्वती प्रतीक्षाले टन्न खाएर सुकिला लुगा लगाउनेहरुका विक्षिप्त आमाहरुमा समर्पित कविता ‘बौलाही आमाहरुको जुलुस’ र नाट्यचेला अनुप बरालले ‘ठूलाठूला क्रान्तिका कुरा’को सट्टा प्रेमलाई जोड दिँदै लेखिएको कवितालाई नाटकीय तथा साङ्गीतिक रुप दिए ।
राष्ट्रकविले लगाइदिएको मालाले फुरुङ्गिएका कविले थोरै मात्र पिएर कविताप्रेमीहरुलाई टन्न्ा बाँधिदिनुभएको थियो । “आˆनो कविता आˆनै भर होस्’ भन्ने मुक्तक कविताबाट सुरु गर्नुभएका उहाँले ‘सर्वहारा धर्तीभरि यज्ञका काला घोडाहरु’ शीर्षकसहितका दुई दर्जन कवितामा आˆनो नगर, गाउँ, देश, विश्व, पूर्वप्रेमिका, नेपाली र विदेशी साथी, नेताहरु र गरिब दुःखीहरुलाई कहीँ बिर्सनुभएन । बुद्धको क्षणिकता, आइन्स्टाइनको सापेक्षता, महषिर् अरविन्दको दैवीशक्तिको सिद्धान्त, नित्सेको सुपरम्यान, डार्बिनको विकासवाद र माक्र्सको माक्र्सवाद र फ्रायडको मनोविज्ञानलाई सूक्ष्मरुपमा पढ्नुभएका प्रजातन्त्रावादी लेखक सरुभक्तले पछिल्लो कवितामा बुर्जुवाविरुद्ध लड्न सबैलाई आहृवान गरेर चकित बनाइदिनुभयो ।
उहाँले मुक्तकपछि देशलाई सम्झेर ‘देश बालुवाको घर होइन’पढ्नुभयो जसमा मुलुकको विसङ्गतिको थुप्राले देश दुर्घटनातिर लम्केको र भत्कन लागेको भयबोध छ । बिदेसिनाको पीडा बुझाउने ‘अरु कोही नभए ऊ हरिभक्त कटुवाल हो’ र पञ्चायतको वर्जित समयमा लेखिएको ‘हरहर महादेव’ सुनेपछि श्रोतालाई पञ्चायतकालमा तिर फर्काए पनि कवितामा व्यक्त अझै विद्यमान हुँदा श्रोतालाई पनि पीडाबोध हुन्छ ।
यहाँ मृतकको अङ्ग पनि सँगेल्न नसकिएको अवस्था बुझाउने ‘बम खसेको पहाडबाट नयाँ वर्षको शुभकामना’, यहाँ अवचेतनमै क्रान्ति र शान्ति हुने भाव बुझाउने व्यङ्ग्यात्मक ‘अवचेतन’,-समाचारको भाषामा लिखित), त्रिविमा ३० वर्षअघि अध्ययन गर्दा लेखिएको ‘कीर्तिपुर मलाई माया गर’, संरक्षण कवितायात्रा-२०५५)मा हिँड्दा लेखिएको ‘मुक्तिनाथ मलाई मुक्तिको वर नदेऊ’, पशुअधिकारको वकालत गरिएको ‘कुखुरा र साइकल’, जीवन र मृत्युको अर्थ थाहा नभएको पशुको अनुभूति ‘भेडाच्याङ्ग्राहरुको देशमा’, चोरडाकाहरुको मात्र ‘सुरक्षित घर’, दरबार पस्ने चलन बोकेको भावको ‘समय’, नेपालको सपना पूरा होस् भन्ने कामना गरिहने व्यक्तिको भाव बुझाउने ‘असलम मियाको सपना’, आश्वासनका पोकाहरु मात्र दिइने अभिव्यक्ति रहेको ‘आकाश कोष्ठभित्र बन्द छ’ शीर्षक कविता र बीचबीचमा मुक्तक पढ्दा थाकेजस्ता देखिनुभएका कविले बल्ल पानी पिउनुभयो र एकैछिन थकाइ मार्नुभयो ।
त्यस बीचमा प्रायोजकहरुलाई सम्मान गरिएपछि ५७ वषर्ीय कविले अझै जोसले हजुरबा बनेर ‘मेरो नातिको सपना’, आˆना लागि मात्र ध्यान गर्नेप्रति व्यङ्ग्य गर्दै ‘बकुल्लाहरुको कुनै देश हुँदैन’, ‘आइन्स्टाइन र प्रेम’, ‘मारिया म तिमीलाई प्रेम गर्न सक्दिन’ र वेदव्यासको महाभारतमा आधारित भई सर्वहारालाई आहृवान गरी कविता वाचन गरे । मुनामदन, घुम्ने मेचमाथि अन्धो मान्छे, युद्ध र शान्ति, बूढो र समुद्र, इडिपस र महाभारतलाई बढी मन पराउने सरुभक्तले यहाँ जथाभाबी छाडिएका बुर्जुवारुपी घोडाहरुलाई समात्न सर्वहाराहरुलाई आग्रह गरेपछि उनको शून्यवादी विचारले कोल्टे फेरेको अनुभूति हुन्थ्यो ।
यसरी पोखरेली विम्बदेखि विश्वभरका विम्ब अनि भौतिकवादी विम्बदेखि महाभारतकालीन विम्बमा अटाउनुभएका कविलाई सुन्न दर्शकदीर्घामा राजनीतिज्ञ नारायणमान बिजुक्छे, पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति वैरागी काइँला, उपकुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ डा महादेव अवस्थी र बुँद राना, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति किरण मानन्धर र उपकुलपति ठाकुरप्रसाद मैनाली, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा-प्रतिष्ठानका उपकुलपति प्रचण्ड मल्ल्ा, साहित्यकार तारानाथ शर्मा, तुलसी दिवस, गीताकेशरी, भुवन ढुङ्गाना, यादव खरेल, तुलसी घिमिरे, कर्ण शाक्य, गणेश रसिक, केदारभक्त माथेमा, विमल कोइराला हुनुहुन्थ्यो । कोही बसेर र कोही उभिनेमा पर्नुभयो ।
”पर्यटकहरु मान्छे हैन यती हेर्न आउँछन्
यहाँ सुल्टोभन्दा उल्टो खुट्टा पुजिन्छ
बुद्ध हैन यतीको देश भन्न थालिएको छ
स्वाभिमान र वीरताको देश हैन
यतीको देश भन्न थालिएको छ
महादेव भनेको यती हो
यती भनेको महादेव हो”
पञ्चायतको उल्टो चालालाई व्यङ्ग्य गरिएको यो निषेधित कविता ‘हरहर महादेव’लाई उनै व्यवस्थाका राष्ट्रकविले पनि ‘राम्रो ‘ भन्न बाध्य गराउनु नै सरुभक्तको आजको कविता वाचनको सफलता थियो । पन्ध्र कवितासङ्ग्रह, १३ नाटकसङ्ग्रह, एघार कथासङ्ग्रह र उपन्यास, चार वटा सम्पादित कृति दिइसक्नुभएका सरुभक्तमाथि नौजनाले शोध र काव्य सिर्जना गर्नुभएको छ । नौ सङ्घसंस्थासँग आबद्ध भइसक्नुभएका साहित्यकार मदनपुरस्कारका साथै करिब तीन दर्जन सम्मान, पुरस्कार र अभिनन्दन पाउनुभएको छ ।
उहाँलाई राजधानीमा पहिलो एकल कवितावाचन गराउने अवसर ‘साहित्यकार सरुभक्त सरोकार केन्द्र पोखरा नेपाल’ जुटाइदिएको थियो । केन्द्रले २०६०सालदेखि सरुभक्तलाई लेखन वातावरण बनाइदिने, कृति प्रकाशन गर्ने र बिक्रीवितरण गर्दै आएको केन्द्रका संयोजक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको मुख्य प्रायोजन पिएसएस रिनवेबल इनर्जी नेपाल र नेपाल इन्भेस्टमेन्टले गरेका थिए । रासस
No comments:
Post a Comment