Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, January 2, 2013

मृतक थापाका परिवारलाई साउदीवाट डेढ लाख रूपैयाँ सहयोग


कमल महत
रियाद । साउदीमा सडक दुर्घटनामा ज्यान गुमाएका सुर्खेतका पदम वहादुर थापाका परिवारलाई जनप्रगतिशील मञ्च साउदी अरबले एक लाख ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । सन् २००९ सेप्टेम्बरमा भारत हुँदै साउदी पुगेका थापाको गत २१ अक्टुबर २०११ मा दुर्घटनमा परी ज्यान गएको थियो । मञ्चले थापाका परिवारलाई राह्रत स्वरुप उक्त रकम संकलन गरी हस्तान्तरण गरेको हो ।


मृतक पदम बहादुर थापाका परिवारलाइ नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबका बरिष्ठ उपाध्यक्ष कमल महतको आग्रहमा नेपाली जनप्रगतिशिल मञ्च केन्द्रिय समिति सदस्य मनि केसी, जगत जिरेल, नगेन्द्र धिमाल, देउ कुमार ओली, दिलकुमार भुषाल, खग प्रसाद बराल र नेपाली जनप्रगतिशिल मञ्च क्षेत्रिय समिति अरअर का टेक बहादुर सुबेदी, रून्द्र पुन, इम बहादुर बिक, दिपक रसाइली, युबराज प्याकुरेल, चन्द्र बहादुर ढकाल र अन्य साउदी अरबको अरअरमा काम गर्ने नेपाली लगाएत अन्य मुलुकका मजदुरहरूको सक्रियतामा नेपाली रूपैयाँ १ लाख ६१ हजार ६ सय ३० रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
 सहयोग रकम नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबका बरिष्ठ उपाध्यक्ष कमल महतले मृतका परिवारलाई हस्तान्तरण गर्नु भएको हो । उक्त रकम नाबालिक छोरीहरूको उच्च शिक्षाका लागि मृतकका छोरी बाहेक अरू कसैले प्रयोग गर्न नपाउने गरी फिक्स डिपोजिट गरिएको हो । थापा साउदी आएको पासपोर्ट सिन्धुलीको बिर बहादुर वाइबाको नाम र ठेगानामा भएकाले उनका परिवारले पाउने क्षतिपुर्ति पाउन सकेका थिएनन । थापाका एक दुई छोरी र एक श्रीमति छन् ।

No comments: