घनश्याम पाण्डेय,
पोखरा । स्याङजा जिल्लाको स्वरेक गाविस वडानं ५ की रिता खाँण अहिले रातमा पनि राम्ररी निदाउन सक्नु हुन्न । न दिनमा भोक छ, न रातमा निन्द्रा छ । छोराको उपचार कसरी गर्ने होला यहि चिन्ताले सताएको छ , मलीनो अनुहार पार्दे रिताले भन्नु भयो । ११ बर्षिय छोरा समिर खाँण लाई ३ बर्ष अगाडी ब्रेनट्युमर भए पछि खाँणको परिवारमा खुसी हराएको छ ।
अहिले सम्म छोराको उपचारको लागी ५ लाख भन्दा बढी खर्च भईसक्यो तर अझै डाक्टरले ३ लाख जति खर्च लाग्छ भन्छन् यत्रो पैसा कता बाट जुटाउने गाँउ ठाँउमा पनि सवै संग सहयोग मागिसकीयो अब के गर्ने उपचार गराउन पाए निको हुन्थौ होला भएको एउटा छोरा लाई पनि उपचार गराउन सकिएन , रिताले दुखेसो गर्नु भयो ।डाक्टरले त्रिविशिक्षण अस्पताल बाट कान्तीबाल अस्पताल लैजानु भनेका छन यत्रो पैसा कता बाट ल्याउने गहभरि आसु पार्दै रिताले भन्नु भयो ।
घरको अबस्था पनि विहान बेलुका हातमुख जोर्न पनि धौ धौंको अबस्था हो त्यस माथी छोरा विरामी भए पछि झनै नाजुक बन्दै गएको छ, अब के गर्ने छोराको उपचार गराउने सहयोगी भेटीए मरेको आस पलाउने थियो, नत्र उपचार गराउन नसकेर छोरा लाई भोली केही भए भन्दै रिता भक्कानीनु भयो ।
रिताले भन्नु भयो– खर्च जुटाउन सक्ने कुनै अबस्था छैन, छोरा लाई उपचार नगराई घरमा लगेर राख्न आमाको मनले मानेन्, त्यसैले संचार माध्यम लाई गुहारेकी छु, अब छोराको उपचार हुने नहुने हजुर हरुको हातमा छ ।
No comments:
Post a Comment