मलेसिया माघ ३–वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली युवाको मुत्यु भएको छ । मलेसियाको हुलु तेरेङगानुस्थित एक कारखानामा मेसिन अचानक पट्किदा दुई उनीहरुको मृत्यु भएको हो ।
घटनामा ३० वर्षीय प्रमोदकुमार रोय र २६ वर्षीय कुमार पासवानको मृत्यु भएको जनाइएको छ । मृतकहरुको नेपालको ठेगाना नखुलेको बताइएको छ ।पाल्म ओयल सम्बन्धी कारखानामा भएको घटनामा परी अर्का नेपाली सबद यादवसहित चार विदेशी पनि गम्भीर घाइते भएको बताइएको छ । उनीहरुको स्थानीय एक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
No comments:
Post a Comment