घनश्याम पाण्डेय,रेडियो गण्डकी पोखरा
सामाजिक उत्तरदायित्व प्रवद्र्धनका लागि सामुदायिक रेडियोहरुले महत्व पुर्ण भुमिका खेल्न सक्ने एक कार्यक्रममा बताइएको छ । सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा आयोजित सामुदायिक रेडियोहरुले सामाजिक उत्तरदायित्व प्रवद्र्धनका लागि खेल्न सक्ने भूमिकाका विषयक तालिमको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले सोकुरा बताएका हुन् । सामुदायिक रेडियो प्रसारक संघका बरिष्ठ उपाध्यक्ष लोक प्रसाद बञ्जराले सामुदायिक रेडियोले गाँउ गाँउका नागरिकहरु सुसोचित बनाउने काममा महत्वपुर्ण भुमिका खेलेको भन्दै राज्यले सामुदायिक रेडियो लाई राज्यले छुट्टै नजरले हेर्नुपर्ने बताउनु भयो । उहाँले अहिले कुनै पनि सञ्चार माध्यम पुग्न नसकेको ठाँउमा सामुदायिक रेडियो पुगेको भन्दै नेपालमा अहिले २४० जती सामुदायिक रेडियो रहेको जानकारी दिनु भयो । गण्डकी र धौलागिरी अञ्चलका ८ जिल्लाका २५ वटा सामुदायिक रेडियोमा कार्यरत सञ्चारकर्मीको सहभागिता रहेको तालिममा मानबअधिकार र सामाजिक उत्तरदायित्व ,सुचनाको हक , सामाजिक जवाफदेहिता सम्बन्धि कानुनी प्रावधान ,वित्तिय शुसासन लगायतको विषयमा प्रक्षिण दिइएको थियो । तालिममा सामुदायिक रेडियो प्रसारक संघका प्रबन्ध निर्देशक रविन्द्र भट्टराई , प्रर्माशकर्ता टंक अर्याल, कार्यक्रम अधिकृत अनिल खनाल , लेखा प्रमुख बाबुराम खड्का , सामुदायिक सुचना नेटवर्कका संयोजक सोहम सुवेदी लगायतले प्रशिक्षण दिनु भएको थियो ।
No comments:
Post a Comment