त्रिलोचन
कोइराला / युएइ
१० जनवरी तमु जातिको महान पर्ब सप्रि ल्होसार को अबसरमा तमु
समाज युएइले आयोजना गर्ने तमु सास्कृतिक कार्याक्रमको तयारि अन्तिम चरणमा पुगेको
आयोजकले बताएको छ ।
जनवारी १२ तारिक अबुधाबीको
इन्डियन इस्लामिक सेन्टर मा हुने सास्कृतिक कार्याक्रममा सहभागी हुन नेपालबाट
कलाकार युएइ आइसकेका छन।नेपाली हास्य दम्पति धुर्मुश सुन्तली सिताराम
कटेल कुञ्झना घिमिरे नित्य कलाकार धर्मराज तमु तथा पुर्णिमा श्रेष्ठ
सास्कृतिक कार्याक्रममा युएइका नेपालीलाई मनोरन्जन दिन युएइ आइसकेका
कार्याक्रम ब्याबस्थापन प्रमुख गुञ्झमान गुरुङले बताए । तमु समाज युएइले कार्यक्रम सफल पार्न युएइमा
नेपालीहरुको जनसंख्या बडी भएका स्थानबाट कार्यक्रम स्थल सम्म यातायातको सुबिधाको
पनि ब्यबस्था गरेको आयोजकले बताएको छ ।सन १९९६ मा स्थापना भएदेखि
नियमित ल्होसार मनाउदै आएको समाजले स्थापना देखि पहिलो पटक नेपाली कलाकार निम्ताएर कार्यक्रम गर्न लागेको तमु सास्कृतिक कार्याक्रमको ब्यबस्थापन अबुधाबी क्षेत्रीय समितिले गर्न लागेको
हो समाजले एक बर्ष दुबाई र
एक बर्ष अबुधाबीमा कार्यक्रम गर्दै आएको समाजका अधक्क्ष डि आर गुरुङले जानकारी
गराउदै यसबर्षको ल्होसार सर्प बर्ग रहेको बताएका छन ।
No comments:
Post a Comment