Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, January 11, 2013

अमेरिकामा दुई नेपाली चेम्बर वीच एकीकरण



प्रकाश थापा
१० जनवरी अमेरिकामा। अमेरिकामा दुई नेपाली चेम्बर वीच एकीकरणअमेरिका न्यूयोर्क, एउटै विचार उद्धेश्य बोकेर स्थापना भएका दुइ नेपाली चेम्बरहरु वीच आपसी सहमती बीच एकीकरण भएको छ । न्यूयोर्क वेस भएर नेपाली व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित मोहन ज्ञवाली अध्यक्ष रहेको(अमेरिका नेपाल व्यपसायी संघ० अमेरिका नेपाल चेम्वर अफ कमर्स र क्यालिफोर्निया राज्यमा गोकुल पौडेलको अध्यक्षतामा दर्ता भएको चेम्बर बिच भएको दुई पक्षिय सम्झौता अनुरुप उक्त चेम्बर मोहन ज्ञवाली अध्यक्ष रहेको चेम्बरमा एकिकरण भएको छ ।अमेरिकाको वाल्टिमोर ,पेन्सलभेनियाको लागी नियुक्त महावाणिज्यदुत एवं(अमेरिका नेपाल व्यपसायी संघ० अमेरिका नेपाल चेम्बर अफ कमर्सका संस्थापक प्रेमराजा महतको विशेष पहलमा दुइ  चेम्बर बिच एकिकरण भएको छ । जनवरी ७ र ८ मा न्यूयोर्कको रिजउडमा रहेको नेपलिज इन्डियन रेष्टुरेन्टमा दुइ वटै संस्थाका प्रतिनीधिहरु वीच भएको वार्ताले उक्त सम्झौता गरेको हो । वार्तामा छाता चेम्वरका अध्यक्ष मोहन ज्ञवालीको नेतृत्वमा सचिव प्रकाश थापा, केन्द्रिय सदस्य वेद प्रसाद खरेल,क्यालिफोर्नियामा दर्ता चेम्बरका तर्फाट उक्त संस्थाका महासचिव एवं नव नियुक्त वाणिज्य दुत रिषी ढकाल,प्रेम प्रसाद गुरागाई सहभागी हुनुहुन्थ्यो । भने  वार्ताको मध्यस्थता महावाणिज्य दुत प्रेम राजा महतले गर्नुभएको थियो । एउटै प्रकृतिको उद्धेश्य बोकेर स्थापित संस्थाहरु बिच एकता भएपछि अमेरिकामा रहेका नेपाली व्यपसायीहरुलाई अझ बढी सेवा र संगठित गर्न सकिने निक्योल निकाले पछि दुइ चेम्बर बिच सहमति गरि क्यालिफोर्नियामा दर्ता रहेको  चेम्बरलाई छाता संगठन मर्ज गर्न  आपसमा मिलेर नेपाली व्यापारीहरुको लागी  वृहदर रुपमा संगठित भएर कामगर्ने निर्ण्रागरिको छ। दुइ चेम्बर बिच सम्झौताले लगानी पबर्दन   प्रविधि विकासलगायतका विषयमा सहयोग पुग्ने विश्वास लिइएको छ । दुबै तर्फा प्रतिनीधिहरु बिच भएको सम्झौता अनुसार जनवरी ८ का दिन देखी क्यालिफोर्नियामा दर्ता रहेको चेम्बर मोहन ज्ञवालीको नेतृत्वको चेम्बरमा विलय भएको छ । उक्त चेम्बरका तर्फबाट गोकुल पौडेल,अनिल पाण्डे,राम लामा र भिम ढकाललाई छाता संगठनको केन्द्रिय समितीमा केन्द्रिय सदस्यको रुपमा मनोनयन गरिएको छ । र संस्थाको आगामी वैठकले उहाहरुलाई संस्थाको कार्यकरिणी (उपाध्यक्ष,सहसचिव र सहकोषाध्यक्षमा  मनोनयन गर्न सहमति समेत
भएको छ ।



No comments: